कपिलवस्तुमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

मेचीकाली संवाददाता

२३ कार्तिक २०८०, बिहीबार
181 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेक कपिलवस्तु र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा कपिलवस्तु नगरपालिकाको सहयोगमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी कात्तीक २२ गते सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले पर्यटक क्षेत्रको रुपमा चिनिने तिलौराकोट क्षेत्रको सौन्दर्यीकरण गर्नका लागि सरसफाईको व्यवस्थापन गर्न अत्ति आवश्यक भएको बताउनु भयो । इन्सेक मानव अधिकार समूहले आयोजना गरेको कार्याशाला गोष्ठिलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितीका प्रमुख आचार्यले सो कुरा बताउनु भएको हो ।

बिदेशी पाहुनाहरु आउने पर्यटक स्थलमा सौचालय , शुद्ध पिउने पानी र वरिपरि सरसफाई गरी सौन्दर्यीकरण गर्न जिल्लाको दश स्थानियतहको एक्वद्धता हुनुपर्नेमा जोड दिनु भयो । गौढिचौक देखि चौक बजार सम्म बिहान ६ देखि ८ बजे सम्म घरको अगाडी फोहोर फालेर हिड्ने लाएक नहुने भएको हुँदा सो क्षेत्रमा फोहोर व्यवस्थापनको लागि चेतना मूलक कार्यक्रमहरु संचालन गरी निशुल्क डसविन वितरण गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । गुणस्तरिय शिक्षा र प्लाष्टिक नियन्त्रणका लागि वडा र नगरपालिका संवेदनसिल हुनुपर्नेमा जोडदिनु भयो ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले वातावरणको सङ्रक्षण गर्न सबै सरोकारवालाहरूको साथ सहयोगको आवश्यकता रहेको बताउनु भयो । नगरपालिकालाई सौन्दर्य र समृद्ध नगर बनाउन नगर प्रतिवद्ध रहेको बताउँदै स्थानीय तहलाई खबरदारी गर्दै वातावरण सङ्रक्षण गर्नु सबैको दायित्व भएकोले बताउनु भयो ।

नगरपालिकाले नगरको सुन्दरीकरणका लागि वृक्षारोपणमा रु. १२ लाख रुपैंया र तारवारका लागि रु. ५० लाख रुपैंया बजेट बिनियोजन गरिएको मेयर पौडेलले बताउनु भयो । फोहोर व्यवस्थापनमा नगरले उचित बजेट विनियोजन गरी लागि परेको छ । दिपावलीको लगत्तै नगरपालिकाको १२ वटै वडाहरुको टोलटोलमा सरसफाई टोलि पठाई सचेतीकरण गर्ने प्रतिवद्धता जनाउनु भयो । यस्तै सार्वजनिक सौचालयको छिट्टै व्यवस्थापन गर्ने योजना छ । छाडाचौपाया व्यवस्थापनको तयारी भईरहेको बताउनु भयो ।

शिक्षा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले वातावरण सफा राख्न नगरपालिकाले नीती बनाई नीती अनुसार नगरवासीलाई सचेत बनाउनु पर्ने बताउनु भयो । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले वातावरणको अधिकार सम्बन्धी अभियान बिद्यालय देखि संचालन गर्नुपर्ने बताउनु भयो । बिद्यालयमा किशोरीहरुकालागि वितरण गरिने निशुल्न सेनेटरी प्याड प्रर्याप्त पुग्ने गरी पठाईएको जानकारी दिंदै बिद्यार्थीहरुले उठाएका बिभिन्न बिषयहरुमा प्रधानाध्यापकको बैठकमा छलफल गरी समस्या समाधान गर्ने बताउनु भयो ।

यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार सङ्रक्षण गर्न प्राकृतिक श्रोतको समुचित उपयोग तथा दिगो व्यवस्थापन गर्न र स्थानिय तहमा वातावरण संरक्षणका लागि नगरपालिका लागि परेको बताउनु भयो । यस्तै सरसफाई तर्फ स्वीपरहरुको ज्याला , ट्याक्टर , व्याकोलोडर संचालन र मर्मत , ईन्धन खर्च , सरसफाई प्रवद्र्धन तथा अभियान कार्यक्रममा रु. ९० लाख रुपैंया बजेट विनियोजन भएको जनाउनु भयो ।

कार्यक्रममा गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेयले गैसस महासंघ वातावरण सङ्रक्षणको अधिकारको बिषयमा प्रतिवद्ध रहेको बताउनु भयो । जथाभावि प्लाष्टिक लगाएतका फोहोर फ्याक्दा वातावरण प्रदुषण हुने र मानव जिवनमा असर पर्ने भएको हुँदा फोहो व्यवस्थापनमा सबै लाग्नुपर्नेमा जोडदिनु भयो ।

ओरेक नेपालका सुस्मा आचार्यले आफ्नो घरदेखि निस्किएको फोहोर हाफै सफागर भन्ने अभियान संचालन गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । किशोरी संजालकी करिष्मा गुप्ताले सेनेटरी प्याड गुणस्तरिय पाउन थालेका छौ तर त्यसलाई व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या भएको बताउनु भयो । यशोधरा मावि र रत्नराज्य माविका वाल अधिकार चेतना समूहका बिद्यार्थीहरु सुन्दरी कुर्मी , राम नारायण गुप्ता लगाएतले इन्सेक मानव अधिकार समूहले बिद्यालयमा गठन भएको बाल अधिकार चेतना समूहमा छलफल गर्दा आएका समस्याहरुलाई सम्बन्धित निकाय सम्म ध्यानाकर्षण गर्दा केहीमागहरु सफल भएको बताए ।

मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले वातावरणको अधिकार सम्बन्धि निती तथा कार्यविधि निर्माण गरी नगरपालिकाले सक्रियरुपमा अगाडी बढाउन आग्रह गर्दै शिक्षा, स्वास्थ्य, वातावरण, लैंगिक विभेद , बाल विवाह , दाईजो प्रथा र जातीय विभेदलगायतका बिषयमा नगरसँग समन्वय गरी समुदायमा मानव अधिकार समूहले काम गर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले वातावरणको अधिकारको बिषयमा सहजीकरण गर्नु भएको थियो । मानव अधिकार समूहका उपाध्यक्ष नुर मोहम्मदको स्वागत रहेको कार्यशाला गोष्ठिमा वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरे , वडा नं. १ का वडा अध्यक्ष जाहिद खान , नगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत पदम राज श्रेष्ठ , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरोजा चौधरी , रत्नराज्य माविका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरी , यशोधरा माविका प्रधानाध्यापक बिनोद कुमार गुप्ता , वास सहजकर्ता कल्पना खनाल , यशोधरा मावि र रत्नराज्य माविका बाल अधिकार चेतना समूहका पदाधिकारीहरु , बिशोरी संजालका सदस्यहरु , मानव अधिकार समूहका पदाधिकारी , रेडियो परिवर्तनका स्टेशन म्यानेजर भुपाल थापा , मेचीकाली दैनिकका सुनिल आचार्य लगाएतको सहभागिता रहेको थियो ।