वाणगंगामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

मेचीकाली संवाददाता

१० मंसिर २०८०, आईतवार
140 shares

पार्वती आचार्य

कपिलवस्तु । वाणगंगामा लैगिंक हिंसा बिरुद्धको अभियान शुभारम्भ गरिएको छ । वाणगंगा नगरपालिकाको आयोजनामा चार नम्बर चौकमा दिप प्रज्वलन गरि लैंगिक हिसा विरुद्धको’ १६ दिने अभियान शुभारम्भ गरिएको हो । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने यस बर्षको राष्ट्रिय नारा रहेको छ ।

कार्यक्रममा महिलामाथि हुने लैंगिक हिंसाका विरुद्धमा हुने भेदभाव, बालबालिकाहरु माथि हुने लैंगिक हिंसाका विरुद्धमा हुने भेदभाव, ज्येष्ठ नागरिकहरुमा हुने बिभेदलगायतका बिभिन्न विभेदहरुलाई अन्त्य गर्नु पर्छ भन्ने उद्देश्यका साथ अभियानमा विभिन्न चरणका कार्यक्रमहरु चरण बद्धरुपमा संचालन गरिएको बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले बताए ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अर्यालले लैंगिंक हिंसा न्यूनिकरण गर्न मानसिकता परिवर्तन गर्न जरुरी भएको हुँदा नगरले यो अभियान सधैभरी अघि वढाएर महिला हिंसा मुक्त नगर वनाउन तयार रहेको बताए । कार्यक्रमका लैंगिक हिंसा निवारण समिती संयोजक नगरपालिकाका उपमेयर रीता कुमारी चौधरीले मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झन् असभ्य र हिंस्रक बन्दैगएको अनुभूति भएको बताईन् । समाज जति विकसित हुँदै गए पनि महिला हिंसाको स्वरूपमा झन् अमानवीय र क्रूर बन्दैगएकाले लैगिंक हिंसा न्यूनिकरण गर्न सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान नगरले बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताईन् ।

कार्यक्रममा महिला बालवालिका समितीका सदस्य टोपकला विसीको स्वागत तथा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुसिला पन्तको सञ्चालनमा अभियानको शुभारम्भको कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, जनप्रतिनिधि, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहि, सहकारी अभियन्ता तेज प्रसाद आचार्य, इन्सेक प्रतिनिधि पार्वती आचार्य, अधिकारकर्मी इन्दीरा भट्राई, नागरिक समाजका धर्मराज घिमिरे, एकल महिलाका जिल्ला अध्यक्ष रुपा राई, कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, ज्येष्ठ नागरिक, अपांग उत्थानका प्रतिनिधी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतको सहभागिता थियो ।