बालअधिकार सचेतना समूहको कोष स्थापनाका लागि रकम हस्तान्तरण

मेचीकाली संवाददाता

१० मंसिर २०८०, आईतवार
141 shares

सुनिल आचार्य

कपिलवस्तु । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत इन्सेकले गठन गरेको बिद्यालय स्तरिय बाल अधिकार चेतना समूहको कार्य योजना कार्यान्वयनका लागि र बालअधिकार सचेतना समूहको कोष स्थापनाका लागि ७ हजार रुपैयाँ बिद्यालयलाई हस्तान्तरण गरिएको छ । मङसिर १० गते मायादेवी गाउँपालिका ५ स्थित जनता मावि बलुहवामा गठित बाल अधिकार चेतना समूहको कोष स्थापनाको लागि रकम हस्तान्तरण गरिएको हो ।

मानव अधिकार लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मी, मानव अधिकार समूह मायादेवीका अध्यक्ष सतीश पाण्डेय, बाल संरक्षक शिक्षक बाल किसुन यादव, बाल अधिकार चेतना समूहका अध्यक्ष सन्तोष कुमार यादव र इन्सेक प्रतिनिधि पार्वती आचार्यको उपस्थितीमा बिद्यालयका प्रधानाध्यापक राम निवास चौहानलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा मानव अधिकार लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मीले बाल अधिकार चेतना समूहको क्षमता बृद्धिगर्न बिद्यालय स्तरिय बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्न सहयोग पुग्ने बताउनु भयो । बिद्यालयको कोष स्थापनाबाट निम्बन्ध लेखन , हाजिरी जवाफ प्रतियोगिता , वातावरण तथा सरसफाई , भित्ते पत्रिका प्रकाशन , सडक नाटक लगाएतका क्रियालापहरु संचालनले बालबालिकाहरुको क्षमता बृद्धिमा सहयोग पु¥याउने बिश्वास व्यक्त गर्नुभयो ।

यसैगरी बिद्यालयका प्राचार्य राम निवास चौहानले इन्सेकको सहयोगले वालअधिकार चेतना समूहका सदस्यहरुका लागि बिद्यालय स्तरिय बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्न थप सहयोग भएको बताउनु भयो । इन्सेकले गत आर्थिक वर्षमा बालबालिकाहरुको कोष स्थापनाका लागि रु. १० हजार रुपैंया सहयोग गरेको थियो । बालबालिकाले योजना गरे अनुसार हाजिरी जवाफ प्रतियोगिता , निम्बन्ध लेखन , सरसफाई , भित्ते प्रत्रिका लेखन , बैढक लगाएतका कार्यक्रमहरु सम्पन्न गरिएको बाल संरक्षक शिक्षक बाल किसुन यादवले बताउनु भयो ।

यस्तै बाल अधिकार चेतना समूहका अध्यक्ष सन्तोष कुमार यादवले इन्सेकको सहयोगले अतिरिक्त क्रियाकलापमा थपा प्राथमिकता दिनुका साथै बिद्यार्थीहरुले आफ्ना समस्याहरु सहज रुपमा माग गर्न सक्ने क्षमताको बृद्धि भएको बताउनु भयो ।

यसैगरि मायाँदेवी गाउँपालिका १ पकडी स्थित श्री छत्रपाली तिर्थादेवी माविमा इन्सेकले गठन गरेको बिद्यालय स्तरिय बाल अधिकार चेतना समूहको कार्य योजना कार्यान्वयनका लागि र बालअधिकार सचेतना समूहको कोष स्थापनाका लागि रु.७ हजार रुपैया बिद्यालयलाई हस्तान्तरण गरिएको छ । मङसिर १० गते बाल अधिकार चेतना समूहको कोष स्थापनाको लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।

मानव अधिकार लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मी , मानव अधिकार समूहका अध्यक्ष सतीश कुमार पाण्डेय , बाल अधिकार चेतना समूहका अध्यक्ष राज कुमार धोवी र इन्सेक प्रतिनिधि पार्वती आचार्यको उपस्थितीमा बिद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

सो अबसरमा मानव अधिकार लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मीले बिद्यालय स्तरिय क्रियाकलापहरुले बालवालिकाहरुको बुद्धिको बिकास हुनुका साथै बिभिन्न ज्ञानसीप प्राप्त गर्न सक्नेमा जोड दिनु भयो ।

वालअधिकार चेतना समूहका सदस्यहरुका लागि इन्सेकको सहयोगले बिद्यालय स्तरिय बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्न सहयोग हुने बिद्यालयका प्राचार्य नरेन्द्र बहादुर कुर्मीले बताउनु भयो । आर्थिक वर्ष ०७९÷०८० मा इन्सेकले बाल अधिकार चेतना समूहको कोष स्थापनाको लागि रु. १० हजार रुपैंया सहयोग गरेको बाल संरक्षक शिक्षक ज्ञानेन्द्र चौधरीले बताउनु भयो । उक्त रकमबाट हाजिरी जवाफ प्रतियोगिता , निम्बन्ध लेखन , सरसफाई , भित्ते पत्रिका लेखन र सडक नाटक लगाएतका कार्यक्रमहरु सम्पन्न गरिएको बताउनु भयो ।