जनताका कामलाई सहज बनाउन घुम्ती शिविर

मेचीकाली संवाददाता

२२ मंसिर २०८०, शुक्रबार
135 shares


पाल्पा । जनताका कामलाई सहजताका साथ सम्पन्न गर्न गराउन पूर्वखोला गाउँपालिकाले एकिकृत घुम्ती सेवा सञ्ंचालन गरेकोछ । गाउँपालिकाको वडा नम्बर ६ हेक्लाङमा घुम्ती सेवा सम्पन्न गरेको हो ।

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाले जनतालाई दिने सेवा सुबिधा वडा टोल स्तरबाटै दिन, दुरीको हिसाबले टाढा रहेका जनतालाई झिना मसिना काममा सहजता दिन शिविरको आयोजना गरिएको बताए । जनतालाई स्थानिय सरकारको कामको अनुभुती गराउनका साथै सुशासनको प्रत्याभुती गराउने उद्धेश्यले घुम्ती सेवाको सञ्चालन गरिएको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले गाउँपालिकाको पहँुच भन्दा टाढा रहेका सेवागाहीहरुको समस्थालाई प्रमुख महत्व दिएर शिविरको आयोजना गरिएको बताए । पालिकाको पहँुच भन्दा टाढा रहेका वडाका जनताहरुलाई मध्ये नजर गर्दै अन्य वडाहरुमा पनि आगामी दिनमा शिविर संञ्चालन गरिने उहाँको भनाई थियो ।


वडा नम्बर ६ का वडाध्यक्ष धन बहादुर घर्तीले पालिकामा योजना संञ्चालन गर्न जाँदा अर्थ र समयको खर्च हुने र शिविरमा सबै सेवाग्राहीले सहज सेवा पाउँदा धेरै उपयोगि रहेको बताउनु भयो ।

घुम्ती शिविरमा योजना संझौता, उपभोक्ता समितिको खाता खोल्ने, व्यावसाय÷फर्म दर्ता नविकरण, कृषि पशुपालन परामर्श सेवा सञ्चालन गरिएको छ । यस्तै स्वास्थ्य सेवातर्फ डाक्टर द्धारा बिरामी जाँच, निशुल्क ल्याव परिक्षण साथै औषधी बितरण र भि.आइ.ए. शिविर समेत संञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा ताहुँ स्वास्थ्य केन्द्रका डाक्टर विवेक पौडयाल सहितको स्वास्थ्यकर्मीको टोलीले ९२ जनालाई स्वास्थ्यसेवा र परामर्श प्रदान गरेको थियो जस मध्ये ओ.पि.टी.सेवा ५९ जना, इम्पलान्ट ६ जना, भि.आइ.ए.सेवा २१ जना अल्ट्रा साउण्ड को ६ जनाले सेवा पाएका छन् । यस्तै गरि १५ वटा योजना संझौता गरिएको छ । शिविरमा २३ वटा व्यावसाय नविकरण र दर्ता गरिएको थियो । यस्तैगरि कृषि तर्फ २१ जना र पशुपालन तर्फ ३० जनाले सेवा पाएको प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले बताउनु भयो ।