देवदह आदर्श बहुमुखी क्याम्पसलाई भलिवलको उपाधि

मेचीकाली संवाददाता

२३ मंसिर २०८०, शनिबार
369 shares

बुटवल । बुटवल बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा जिल्लास्तरीय अन्तरकलेज भलिवल प्रतियोगिताको उपाधि देवदह आदर्श बहुमुखी क्याम्पसले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा बुटबल बहुमुखी क्याम्पसलाई हराउँदै देवदह आदर्श बहुमुखी क्याम्पस विजेता बनेको हो ।

बुटवल क्याम्पसलाई सोझो ३ सेटका विरुद्ध १ सेटमा हराउँदै देवदह आदर्श बहु्मुखी क्याम्पस विजेता भएको हो भने बुटबल क्याम्पस उपबिजेजा बन्यो । तीन दिनसम्म सञ्चालन भएको खेलमा रुपन्देहीका १३ वटा क्याम्पसहरुकोे सहभागिता रहेको थियो । भलिबलमा खेलमा प्रथम, द्वितीय, स्थान प्राप्त गर्ने खेलाडीहरुलाई नगद, प्रमाण, पत्र र मायाको चिनो प्रदान गरिएको बुटबल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.खिमान्नद न्यौपानेले बताए ।

स्वर्ण महोत्वसको अवसरमा क्याम्पसले विभिन्न खालका रचनात्मक कार्यक्रमहरु, जिल्लास्तरीय खेलकुद, हाजिरीजवाफलगायतका विभिन्न खालका कार्यक्रमहरु आयोजना गरेको उनले बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने उनले बताए ।