महाकल्पको ९ औ वार्षिक साधारण सभा

मेचीकाली संवाददाता

२४ मंसिर २०८०, आईतवार
358 shares


तुलसीराम पौडेल —
रुपन्देही ,मंसिर २४
रुपन्देहीको शुद्दोधन गाउँपालिका -५ रजाड स्थित महाकल्प कृषि सहकारी संस्थाको ९ औ वार्षिक साधारण सभा सम्पन्न भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले साधारण सभाको एक कार्यक्रमका बीच उद्द्घाटन गर्नुभयो ।
कार्यक्रम सहकारीका अध्यक्ष चिन्तामणि खरेलको अध्यक्षता ,लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीको प्रमुख आतिथ्यता, शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्ता देवि ज्ञवालीको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा शुद्दोधन गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष चन्द्रभान चौधरी ,शुद्दोधन गाउँपालिका कृषि शाखा प्रमुख रमेश रेग्मी ,समाजसेवी पुन्नेराम गौतम ,ज्ञान ब्राइटका अध्यक्ष दिनेश चन्द मिश्र, रिद्दिसिद्दी पार्टी प्यालेस सौ फर्साटिकरका संचालक केशव कंडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।साधारण सभामा संस्थाका अध्यक्ष चिन्तामणी खरेलबाट वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष राधिका कंडेलबाट आर्थिक प्रतिवेदन ,लेखा समिति संयोजक कृष्ण गोपाल कंडेलबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको थियोे ।
सहकारीका उपाध्यक्ष नमराज आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव डालप्रसाद डुम्रेले गर्नु भएको थियोे ।