बुटवल क्याम्पसको स्वर्ण महोत्सवः फुटबल प्रतियोगिताको उपाधी प्राध्यापकलाई

मेचीकाली संवाददाता

२९ मंसिर २०८०, शुक्रबार
345 shares

बुटवल । बुटवल बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्राध्यापकहरुले उपाधी जितेका छन् । स्वतन्त्र बिद्यार्थी युनियन र प्राध्यापकवीच भएको खेलमा स्वतन्त्र बिद्यार्थी युनियनलाई दुई गोल हान्दै प्राध्यापकको टोली विजयी भएको हो ।

स्वतन्त्र बिद्यार्थी युनियनउपबिजेता भएको स्ववियु सभापति दुर्गबहादुर एम्सीले जानकारी दिए । क्याम्पसले स्वर्ण महोत्वसको अवसरमा बिद्यार्थीको अन्र्तरनिहित क्षमताको बिकास गर्ने उद्वेश्यले बिभिन्न खालका कार्यक्रमहरु गर्दै आएको छ । बुटवल क्याम्पसका क्याम्पस प्रमुख डाक्टर खिमान्द न्यौपानेले हरेक विद्यार्थीको क्षमता बुझ्न र हरेक क्रियाकलापमा सहभागिता गराउने उद्वेश्यले बिभिन्न खालका कार्यक्रमहरु राखिएको बताए ।

जिल्ला स्तरीय भलिवल प्रतियोगिता, जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता,कुर्ची दौड, खोखो खेल, टेबुलटेनिस, फुटबल प्रतियोगिता लगायतका बिभिन्न खेलकुंदका कार्यक्रमहरु सम्पन्न भएका छन् । सम्पन्न भएका सबै खेलका बिजेता उप विजेतालाई पुस ४ गते नगद तथा प्रमाण पत्रले पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।