सरोकावालाहरुबिच समन्वय बैठक सम्पन्न

मेचीकाली संवाददाता

६ पुष २०८०, शुक्रबार
78 shares

पार्वती आचार्य

कपिलवस्तु । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा नवजिवन संस्था र नमुना एकिृत परिषदको आर्थिक सहयोगमा बिभिन्न सरोकावालाहरु बिच समन्वय बैठक तौलिहवामा सम्पन्न भएको छ ।

समन्वय बैठकका प्रमुख अतिथी कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले एचआभि सक्रमण जसलाई पनि हुने भएको हुँदा कसैलाई अलग्याउन नहुने बताउनु भयो । आगामी दिनमा स्थानियतहले समेत बैठक गर्दा समन्वय गर्ने प्रतिवद्धता जनाउनु भयो । यौनिक तथा लैगिंक अल्पसंख्यकहरु पनि अन्य नागरिक सरह भएको हुँदा समान व्यवहार गर्नुपर्नेमा जोडदिनु भयो ।

स्वास्थ्य कर्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले एचआईभिको नयाँ संक्रमण, एचआईभिको कारणले हुने मृत्यू र भेदभाव, लालछनालाई शुन्यमा पुराउनुपर्नेमा जोड दिनुभयो ।

कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले एचआईभि संक्रमण रोकथाम गर्न सरोकारवालाहरुको ठोस भूमिका हुनुपर्नेमा जोडदिनु भयो । समाज सचेतीकरण गर्न स्थानियतहको के भूमिका हुनुपर्दछ सो बिषयमा स्थानियतह प्रतिवद्ध रहेको बताउनु भयो ।

मायाँदेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र प्रसाद यादवले संक्रमितहरुको उपचार गर्नका लागि सम्बन्धित संस्थाहरुले संक्रमितहरुको पहिचान गर्न मायाँदेवी गाउँपालिकासंग समन्वय गर्न आग्रह गर्नुभयो ।

कपिलवस्तु अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाले अस्पतालको नीतीलाई सुधार गर्ने बताउँदै कपिवलस्तु अस्पतालले क्षमता भन्दा बढी कार्यहरु गरेको बताउनु भयो । गैर सरकारी संस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेयले गैर सरकारी संस्था महासंघ संग समन्वय गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

माहुरी होम कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुरले एचआईभि संक्रमितका बिरामीहरुको पहिचान गरि उपचारमा खटिएका बिभिन्न संस्थाहरु प्रति धन्यवाद दिदैं माहुरी होम कपिलवस्तुको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

ईपिक नेपालका प्रदेश संयोजक रामशरण सेढाईले ईपिक नेपालको गतिविधिहरुको बिषयमा जानकारी दिनभयो । कार्यक्रममा नवजिवन संस्थाका कार्यक्रम संयोजक प्रेरणा विष्टले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको बारेमा जानकारी दिंदै कानुनी नेपालको संविधान तथा अन्य कानुनी व्यवस्थाहरु, कानुनी व्याधाहरु र स्थानियतहका उपलब्धिहरुको बिषयमा जानकारी दिनु भएको थियो ।

नमूना एकिकृत बिकास प।िषदका फिल्ड सुपरभाईजर रोयल श्रेष्ठले संस्थाले गरेको कार्यहरुको बिषयमा जानकारी दिंदै प्रदेशको तिन जिल्लामा कार्यक्रम संचालन भएको जानकारी दिनु भयो ।

समपण सहयोग समूहका शुसिला बेल्वासेले संस्थाले सक्रमितहरुको उपचार र पोषण सहयोगको बिषयमा कार्यहरु गर्दै आएको जानकारी दिंदै स्थानियतह र प्रदेशबाट बिनियोजित बजेट तथा उपलब्ध अनुदान प्राप्तले संस्थालाई ठुलो सहयोग भएको छ । भने बिभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गर्दै आएको बेल्वासेले बताउनु भयो ।

एड्स हेल्थ केयर फाउण्डेसन नेपाल कपिलवस्तुका जिल्ला अस्पतालमा कार्यरत कुशुम थापाले एचआईभि संक्रमितहरुको पृष्ठभूमिको बिषयमा जानकारी दिनु भयो ।

नमूना एकिकृत बिकास परिषदका अअनुगमन तथा मूल्यांकन अधिकृत राजन गुप्ताको स्वागत मन्तव्य तथा कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिकाका समाजिक बिकास शाखा अधिकृत पदमराज श्रेष्ठ , मायाँदेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र प्रसाद यादव , शुद्धोधन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहम्मद असफाक , यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र मिश्रा , इन्सेक प्रतिनिधि पार्वती आचार्य , महिला मानव अधिकार रक्षक संजाल अध्यक्ष पुष्पा रेग्मी , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।