शनिवारको खेलको फर्साटिकर कपमा बिश्वशान्ती युवा क्लब विजयी

मेचीकाली संवाददाता

१४ पुष २०८०, शनिबार
126 shares

तुलसीराम पौडेल —
रुपन्देही ,पौष १४
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष ९ गतेदेखि संचालित शुद्दोधन गाउँपालिका ११ औं फर्साटिकर कप प्रतियोगिता अन्तरगत शनिबार विश्वशान्ती युवा क्लब सालझण्डी र कपिलवस्तु -११ कपिलवस्तु बीच प्रतियोगिता भएको थियोे । प्रतियोगितामा बिश्वशान्ती युवा क्लब सालझण्डीले शुन्यका विरुद्ध ५ गोलको अन्तरले कपिलवस्तु -११ कपिलवस्तुलाई पराजित गरि टिमलाई शानदार विजय गराएको छ।विश्वशान्ती युवा क्लबका जर्सी नम्बर ११ का फागुराम चौधरीले ५ पटक सम्म गोल हानेर विजय गराएका थिए । जर्सी नम्बर ११ का फागुराम चौधरीले खेल शुरु भएको १५ औ मिनेटमा पहिलो गोल ,६४ मिनेटमा दोस्रो गोल ,७१ मिनेटमा तेस्रो गोल ,७७ मिनेटमा चौथो गोल र ८६ मिनेटमा पाचौ गोल हानी टिमलाई विजयी गराएका थिए ।शनिबारको खेलको म्यान अफ द म्याच बिश्वशान्ती युवा क्लबका जर्सी नम्बर ११ कै खेलाडी फागुराम चौधरी घोषित भए।फर्साटिकर युवा क्लबका संस्थापक अध्यक्ष दामोदर पङ्गेनिले म्यान अफ द म्याच पुरस्कार वितरण गर्नु भयो ।आइतबारको खेल हनामी बि एफ सि चितवन भर्सेस सुनौलो संगम देविनगर बीच हुने खेल संयोजक अमृत खड्काले जानकारी दिनुभयो ।