सशस्त्र प्रहरी बल कपिलवस्तुको १७ औं वार्षिक उत्सव सम्पन्न

मेचीकाली संवाददाता

१५ पुष २०८०, आईतवार
295 shares


पार्वती आचार्य
कपिलवस्तु पुस १५
सशस्त्र प्रहरी बल , नेपाल नं. २८ गण हेड क्वाटर कपिलवस्तुको १७ औं वार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बल , नेपाल नं. ५ बिन्धवासिनी वाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीले कर्तव्य प्राणयताको सिलशिलामा देश र जनताको सुरक्षाको लागि अहोरात्र परिचालन भई विरगती प्राप्त गरेका बिर अम्मर सशस्त्र प्रहरी सपुतहरुको जगमा गौरवमय ईतिहास कोर्न सफल यस संगठन आज प्रावकारी र सक्षम अंगको रुपमा स्थापीत भएको बताउनु भयो । फौजी संगठनको जग भनेको संगठनमा आवद्ध अनुसाशित पेसागत जनशक्ति भएको बताउँदै राष्ट्रियता प्रतिको सेवाभावले प्रेरित भई राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा प्रस्तुत गर्ने उच्चकोटीको अनुसाशन , व्यवसायीक सिपबाट नै संगठन राष्ट्रको गौरव अभिवृद्धि हुने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले सिमित श्रोत र साधनका बाबजुद प्रचलित कानुनले तोकिएका जिम्मेवारीहरु पुरा गर्न समुदायको सहयोगको आवश्यकता रहेको बताउनु भयो । कपिलवस्तु जिल्ला अन्तरगत ९३ किलोमिटर खुलासिमाना क्षेत्र छ । सशस्त्र प्रहरी बल , नेपाल नं. २८ गण हेड क्वाटरद्वारा संचालित युनिटहरुमा जनशक्ति कम हुँदा सुरक्षा सम्बन्धमा धेरै चुनौती रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी अर्यालले १७ औं वार्षिक उत्सवको अवसरमा कार्य सम्पादनको दक्षता र कार्य सम्पादनमा कुशलता , प्रभावकारिता र व्यवसायीकतालाई अग्रस्थानमा पुराउन सफल होस भन्ने शुभकामना दिंदै खुलासिमानाका नियन्त्रण र समाज परिवर्तन गर्न स्थानियतहसंगै समाजको समेत उत्तिकै जिम्मेवारी रहेको बताउनु भयो ।
सशस्त्र प्रहरी उपरीक्षक जिवन केसीले उपस्थित अतिथिहरुलाई धन्यवाद दिंदै न्यून जनशक्ति एवं श्रोत साधनहरुको सिमितताका बावजुद पनि यस जिल्लाको सिमाको सुरक्षा सिमा अपराध नियन्त्रण , सिमा क्षेत्रमा हुने अवैद्य क्रियाकलाप तथा गतिविधि माथि नियन्त्रण लगाएतका कार्यहरु गर्दै आएको बताउनु भयो । यस्तै जिल्लाको समग्र शान्ति सुरक्षाको भरपर्दौ व्यवस्था कायम गर्ने कार्यमा सशस्त्र प्रहरी बल , नेपाल नं. २८ गण हेडक्वाटर कपिलवस्तुले सक्रिय भूमिका निर्वाह गर्दै अन्य सुरक्षा निकाय , स्थानिय सरकारका जनप्रतिनिधिरु , नागरिक समाज र भारतीय समकक्षी एसएसवीसंग नियमित समन्वय र सहकार्य गर्दै आएको बताउनु भयो ।
सुरक्षाको दृष्टिकोणले संवेदनसिल मानिएको यस जिल्लाको समग्र शान्ति सुरक्षा एवं अमनचयन कायम राख्ने उद्देश्यले २०६४ साल पुस १५ गते स्थापीत यस गणको स्थापना दिवसको महान अवसरमा यस नं. २८ गण र मातहतका कार्यहरुको कार्य सम्पादनलाई नागरिक मैत्री एवं प्रभावकारी र नतिजामुखी बनाउने सन्दर्भमा आवश्यक महत्वपूर्ण निर्देशन सुझाव सल्लाह र अभिभावकिय भूमिका प्रदान गर्ने संगठन प्रमुख , बिभागिय प्रमुखहरु , वाहिनी पती लगाएतमा आभार व्यवक्त गर्नु भएको छ ।
सशस्त्र प्रहरी निरीक्षक दुर्गा कडायतको संचालनमा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा सशस्त्र प्रहरी बल , नेपाल नं. ५ बिन्धवासिनी वाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीको प्रमुख आतिथ्यतामा , लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिलासंघकी अध्यक्ष कल्पना केसी , जिल्ला समन्व्य समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्य , स्थानियतहका प्रमुखहरु , प्रमुख प्रशासकिय अधिकृतहरु , जिल्ला सुरक्षा समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
यस्तै बिभिन्न कार्यालयका प्रमुखहरु , गण मातहत गुल्मपति, बेशपति तथा विओपी पतिहरु प्रस्तावित सिमा सुरक्षा गुल्म लगाएतका १७ वटा युनिटहरुका प्रमुख तथा कर्मचारीहरु , संचारकर्मी , अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु , बिद्यार्थीहरु लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा वर्षको उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक दामोदर ढकाललाई प्रसंसा पत्र र नगरले सम्मान गरिएको थियो ।
यसैगरी हाजिरी जवाफ प्रतियोगितामा , अन्तर बिद्यालय वक्तित्वकला प्रतियोगिता , ५ किलो मिटर डौड , व्याडमिन्टन प्रतियोगिता , भलिवल प्रतियोगितामा प्रथम , द्वीतीय र तृतीय हुनेलाई पुरस्कार तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा ३० प्वाईन्ट रक्तदान , जगदिशपुर तालको सरसफाई र सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।