फर्साटिकर युवा क्लव फर्साटिकर लाई पराजित गर्दै राइजिङ्ग स्टार एफ. सि. नवलपरासी सेमिफाइनलमा

मेचीकाली संवाददाता

१७ पुष २०८०, मंगलवार
81 shares

तुलसीराम पौडेल
रुपन्देही , पौस १७
रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष ९ गतेदेखि फर्साटिकर माविको खेलमैदानमा संचालित शुद्दोधन गाउँपालिका ११ औ फर्साटिकर कप अन्तरगत सोमबार राइजिङ्ग स्टार एफ. सि. नवलपरासीले फर्साटिकर युवा क्लव फर्साटिकर लाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ।
फर्साटिकर युवा क्लव फर्साटिकर र राइजिङ्ग स्टार एफ. सि. नवलपरासी बीच सोमवार निकै कडा प्रतिस्पर्धा भएको थियो ।
राइजिङ्ग स्टार एफ सि नवलपरास जर्सी नम्बर ९ का खेलाडी मनिष पौडेलले पहिलो खेल शुरु भएको २८औ मिनेटमा प्रहिलो गोल र खेल शुरु भएको ७७औ मिनेटमा दोस्रो गोल गरेका थिए ।
त्यसैगरी फर्साटिकर युवा क्लबका
जर्सी नम्बर ९ का खेलाडी टिका राज गुरुङ्गले खेल शुरु भएको ६१ औं मिनेटमा पोहिलाे गोल र सोही टिमकै जर्सी नम्बर १६ का हरी कार्कीले खेल शुरु भएको ७६ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
दुवै पक्षवाट २-२ गोलमा खेलको निर्धारित समय सकिए पछि खेल प्यानल्टीमा परिणत भएको थियो। प्यानल्टीमा लगातार तेस्रो गोल सम्म बराबरी भयो भने चौथो गोलमा किपरले दुवै पक्षकाे गोल हुन वाट बचाएको थियो । पाँचौं गोल पुन बराबरी भए संगै अन्तिममा सडेन डेथमा १ गोल गर्दै राइजिङ्ग स्टार एफ. सि. नवलपरासी विजय भएको थियो ।
फर्साटिकर युवा क्लवका जर्सी नम्बर ११ का सुनिल खड्का ले खेल शुरु भएको ६३ औ मिनेटमा पहेंलो कार्ड पाएका थिए।
सोमबारको खेलमा राइजिङ्ग स्टार एफ सि नवलपरासीका जर्सी नं २२ गोलकिपर राहुल मुखिया म्यान अफ द म्याच घोषित भएका थिए ।
फर्साटिकर युवा क्लवका उपाध्यक्ष अर्जुन थापाले म्यान अफ द म्याचकाे पुरस्कार प्रदान गर्नुभएको थियो।