सुर्यपुरा बहुमुखी क्याम्पसको साधरण सभा

मेचीकाली संवाददाता

१७ पुष २०८०, मंगलवार
146 shares


तुलसी राम पौडेल
रुपन्देही,पौष १५
रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ६ स्थित सुर्यपुरा बहुमुखी क्याम्पसको प्रथम साधरण सभा आइतबार सम्पन्न भयो। गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले एक कार्यक्रमका बीच साधरण सभाको उदघाटन गर्नुभयो। सो अवसरमा बोल्दै क्याम्पसलाई गाउँपालिकाबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम क्याम्पस अध्यक्ष बच्चुलाल केवटको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालको प्रमुख आतिथ्यता, वडा न ६ का अध्यक्ष राजकुमार लोध, चन्ददाता भदइ यादव, पर्यटन तथा उड्यान मन्त्रालय आठौ अधिकृत टुकराज पाण्डेको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा क्याम्पस प्रमुख कैलाश यादवबाट क्याम्पसको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। क्याम्पसका सहायक क्याम्पस प्रमुख मोरध्वज सिह को स्वागत मन्तव्य तथा प्राध्यापक द्वय चुरामणी पौडेल र उमेश यादवको संचालनमा सम्पन्न कार्यक्रममा वडा न ४ का अध्यक्ष सुरेन्द्र कुर्मी, खुदावगर कलेज प्रमुख रामवली यादव, सुर्यपुरा मा वि का प्राचार्य रामजी आचार्य, क्याम्पस सभा संयोजक तिलक प्रसाद रिजाल, समाजसेवि सन्दिप गुप्ता , रामदेव यादव, रामकिसन नायक, नरेन्द्र प्रताप सिह र दान बहादुर घर्ती मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।