लायन्स क्बल अफ काठमाडौं गुल्मीद्वारा २३ विद्यालयमा न्यायो कपडा वितरण

मेचीकाली संवाददाता

१९ पुष २०८०, बिहीबार
230 shares

बुटवल । गुल्मी जिल्लाका ७ पालिकाका २३ विद्यालयका तीन हजार विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । पठन पाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ न्यानो कपडा वितरण गरिएको आयोजकले जनाएका छन् । लायन्स क्लब अफ काठमाण्ठौं गुल्मीले जिल्लाका ७ पालिकाका ३७ विद्यालयमध्ये पहिलो चरणमा २३ विद्यालयमा न्यानो कपडा वितरण गरेको हो ।

न्यानो कपडा वितरण हुने विद्यालयहरुमा रुरु गाउँपालिकाको अटिजम पाठशाला नेपाल्, रिडी मावि, रिडीबजार, माधाप्रावि, ग्वादी, ग्वादीमावि, ग्वादी, जनजागृतीआवि, सटखोला, तल्लो ग्वादीप्रावि, ग्वादी, याडुङ्ग प्रावि, याडुङ्ग गरी ७ वटा विद्यालय, सत्यवती गाउँपालिकाको गौरीशंकर आवि, हँसरा, ग्राम विकास आवि,हँसरा,कालिकाआवि, हँसरा, ज्ञानोदय आवि, रितौदी, भानु आवि, लुम्पेक, साजपुर आवि, लुम्पके गरी ६ वटा विद्यालय छन् । त्यसैगरी गुल्मी दरवार गाउँपालिकाको रैनादी आवि, बलिथुम, बलिथुम नरहरि कडेल मावि गरी २ वटा विद्यालय, मुसिकोट नगरपालिकाको नेपाल राष्ट्यि मावि, इन्दे्रगौडा, शिवशंकर मावि, तल्लोफाँट, जनज्योती आवि, सेरा गरी ३ वटा विद्यालय, चन्द्रकोट गाउँपालिकाको बालज्योती आवि, रेमी, भारती आवि, रेमी, हिराभवन आवि, रुपाकोट, सन्तोषी आवि, रेमी गरी ४ वटा विद्यालय र छत्रकोट गाउँपलिकाको आदर्श मावि, दिगाम गरी २३ वटा विद्यालय छन् । ति विद्यालयका बालविकास केन्द्रदेखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ काठमाण्ठौं गुल्मीका अध्यक्ष लोकेन्द्र मल्लले जानकारी दिए ।

कार्यक्रममा बोल्दै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रीक्ट ३२५ एम नेपालका गभर्नर भिमलाल पौड्यालले क्लबले उपलब्ध गराएको न्यानो कपडाले प्रत्यक्ष रुपमा स्वास्थ्यका हिसावले फाइदा पुगे पनि अप्रत्यक्ष रुपमा बालबालिकाको सिकाइमा सहयोग पुग्ने बताए । कार्यक्रममा डिष्ट्रीक्ट डिष्ट्रीक्टको–चिफ एडभाईजर लीलामणि खरेल, डिष्ट्रीक्ट एसडिएस को–अर्डीनेटर फर्सुराम पाण्डे, डिष्ट्रीक्ट चिफयुवराज न्यौपाने, डिपार्टमेण्ट चिफ ध्रुवहरि ज्ञवाली, डेपुटी चिफ एडभाईजर भावना ज्ञवाली, डिपार्टमेण्ट चिफबालसिह काउछा, क्ल्ब सचिब हरि गौतम, डिल्लीराज ज्ञवाली, ग्लोबल आईएमई बैंक, वामीटक्सारका प्रतिनिधि बिष्णु कुवर, कुमारी बैंक लिमिटेड, खैरेनीका प्रतिनिधि बुद्धिसागर गौतम, इन्द्रेगौडा महिला समुह काठमाडौका प्रतिनिधि, सम्बन्धित बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक,कर्मचारी, अभिभावक, जनप्रतिनिधि, स्थानीय बुद्धिजीबी, शिक्षाप्रेमी, समाजसेवीको पस्थिति रहेको थियो ।
मुसिकोट नगरपालिकाकानगर प्रमुख जीवलाल खरेल (जीवन), छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, चन्द्रकोट गाउँपालिकाका प्रमुख यूवराज खत्री क्षेत्रीलगायतले सहभागीता जनाउँदै सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको मा धन्यवाद दिएका थिए ।

कुमारी बैंक र ग्लोबल आइएमई बैक, शिक्षाप्रेमी, लायन्सन्का सदस्य, इन्द्रेगौडा काठमाण्डौंं महिला समूह लगायतहरुको सहकार्य रहेको थियो । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रीक्ट ३२५ एम नेपाल ले लायनवर्ष २०२३/०२४ मा अघि सारेको मुख्य कार्यक्रम सेवाद्वारा सन्तुष्टि भन्ने नारालाई आत्म सातगर्दै लायन्स क्लब अफ काठमाडौ गुल्मीले न्यानो कपडा बितरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको छनौटमा परेका ३७ मध्ये २३ विद्यालयहरुमा न्यानो कपडा, स्टेशरी कापीतथा खेलकुद सामाग्री बितरण कार्य सम्पन्न भैसकेको र वितरण गर्न बाँकी रहेका मुसिकोट नगरपालिकाको १ वटाविद्यालय, रुरु गाउँपालिकाको ३ वटा विद्यालय र कालिगण्डकीको १० वटा विद्यालय गरी १४ वटा विद्यालयमा बाड्ने तयारी भएको क्बलबले जनाएको छ ।