होराइजन प्रदेश स्तरीय हाजिरी जवाफ पुुस २९ गतेदेखि

मेचीकाली संवाददाता

२६ पुष २०८०, बिहीबार
55 shares

बुटवल । यस क्षेत्रकै प्रतिष्ठित न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजना हुने होराइन लुम्बिनी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता यहीँ पुस २९ गतेबाट सुरू हुँदैछ । प्रतियोगिताको ३० औं संस्करणको प्रथम चरण आउँदो आइतबार तीन वटा केन्द्र बुटवल, दाङको लमही र पाल्पामा हुन लागेको हो । प्रदेशका १० जिल्लाबाट सहभागी हुने प्रतियोगिताको तयारी पूरा भएको विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले २९ गते तीन वटा केन्द्रबाट छनौट भई आउने ६ टिमको फाइलन प्रतियोगिता माघ २६ गते बुटवलमा हुने जानकारी दिए । ‘तीन वटा केन्द्रबाट दुई÷दुई टिम प्रथम र द्धितीय फाइलनमा सहभागी हुनेछन’ उपाध्यायले भने, ‘बुटवल केन्द्र हाम्रो विद्यालयमा रुपन्देही कपिलवस्तु र नलपरासी, पाल्पा केन्द्रमा पाल्पा, गुल्मी र अर्घाखाँची र दाङको लमहीमा दाङ, रोल्पा, बाँके र बर्दियाका विद्यालय सहभागी हुनेछन ।’

प्रतियोगितामा प्रथम हुने विद्यालयले ३३ हजार, द्धितीय हुनेले २४ हजार, तृतीय हुनेले १८ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै तीन वटै केन्द्रमा प्रथम हुनेलाई ९ हजार, द्धितीय ६ हजार, तृतीयलाई ४ हजार ५ सय शिल्ड मेडल र प्रमाणपत्रकोको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा आयोजक विद्यालय सहभागी हुनेछैन । गत वर्ष तुलसी मावि लमही, प्रथम, एभरेष्ट मावि बुटवल द्धितीय र बुद्ध पब्लिक मावि तृतीय भएका थिए ।

बौद्धिक प्रतिभा प्रस्फुटन गर्दै आत्मिय सम्बन्ध स्थापना गर्दै ज्ञान विज्ञानका गहन पक्ष अभिवृद्धि गर्ने उद्देश्य सहित २०५० सालदेखि प्रतियोगिता विद्यालयले सुरू गरेको कार्यक्रम संयोजक कमलापति अर्यालले जानकारी दिए । प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले न्यू होराइजनले शैक्षिक गुणस्तर,अतिरिक्त क्रियाकलाप र खेलकुदमा शुरु गरेका अभ्यास र उपलब्धी सरकारी र अन्य निजी विद्यालयले अनुशरण गर्दै आएको बताए ।

निजी विद्यालयले देशको समग्र शैक्षिक उपलब्धी हासिलमा अग्रणी भूमिका खेलेपनि समाज र राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको औंल्याए । पत्रकार सम्मेलनमा उपप्राचार्य बालकृष्ण भण्डारी,शिक्षकहरु भाष्करनाथ पाण्डे,क्वीज मास्टर पशुपति अर्याल लगायतले बोल्दै क्वीज प्रतियोगिताले विद्यार्थीलाई चौतर्फी क्षेत्रका ज्ञान दिलाउने भएकाले यसमा सरकारी निकायको सहयोग हुनुपर्ने धारणा राखेका थिए ।