मायादेवीमा स्वास्थ्य कर्मिहरुको लागि कुपोषण व्यवस्थापन सम्बन्धि अभिमुखिकरण

मेचीकाली संवाददाता

२६ पुष २०८०, बिहीबार
393 shares


तुलसी राम पौडेल
रुपन्देही, पौष २६
रुपन्देही स्थित मायादेवी गाउँपालिकामा पोषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत स्वास्थ्य कर्मीहरुको लागि शिघ्र कुपोषण एकीकृत व्यवस्थापन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम बिहिवार सम्पन्न भयो। मायादेवी गाउँपालिकाका बालबालिका तथा नागरिकलाई कुपोषणबाट बचाउनको लागि एवं कुपोषणले मानव जिवनमा पार्ने प्रभाव बारे सचेतना जगाउने उद्देश्यले मायादेवी गाउँपालिकाको आयोजना, हेलेन केलर इन्टरनेसनल तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको आर्थिक तथा प्राविधिक सहयोगमा मायादेवी गाउँपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि शिघ्र कुपोषण एकीकृत व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक सेतो गुराँसका डाटा मेनेजमेन्ट अफिसर जितेन्द्र कोहारले गर्नुभएको थियोे भने हेलेन केयर इन्टरनेसनलका कार्यक्रम संयोजक भरत शर्माले कार्ययोजना तथा कार्यक्रम सम्बन्धि जानकारी दिनुभएको थियो ।कार्यक्रममा हेलेन केयर इन्टरनेसनल तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीद्वारा मायादेवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थलाई कुपोषण नाप्ने सामाग्री ( आमा र बच्चाको तौल एकैचोटि लिने मेसिन ,बच्चाको लम्बाइ र चौडाइ नाप्ने मेसिन ) हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीद्वारा संचालित पोषण मार्फत जीवन रुपान्तरण कार्यक्रम मायादेवी गा.पा रुपन्देहीका समुदाय परिचालक प्रदिप चौधरी र मिना कुमारी चौधरीको उपस्थिति रहेको थियोे ।
मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मायादेवि स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरीले गर्नुभएको थियो ।