अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा शैक्षिक सामाग्री हस्तान्नरण

मेचीकाली संवाददाता

११ माघ २०८०, बिहीबार
868 shares

पार्वती आचार्य

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले कपिलमुनि बैदिक संस्कृत बिद्यापिठ गुरुकुलमका वटुकहरुलाई शैक्षिक सामाग्री हस्तान्नरण गरेको छ । ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा २१ जना वटुकहरुलाई शैक्षिक सामाग्रीहरु २१ दर्जन कपी , डटपेन र साफि एरिएलको तर्फबाट गाए छाप ब्राण्डको सरफ हस्तान्त्रण गरिएको उद्योग व्यापार संघ, कपिलवस्तुले जानकारी दिएको छ ।

यस धार्मिक स्थल र क्षेत्रको समग्र संमृद्धिको लागि उद्योग व्यापार , संघ कपिलवस्तुको पनि साथ सहयोग रहने छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना यस धार्मिक स्थालमा गरिएको उद्योग व्यापार संघ , कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले जानकारी दिनुभयो ।

कपिल आरोग्य मन्दिर कपिलधाममा अनेकौ देवदेवताहरु ऋषि महर्षिहरुले तप र ध्यानबाट ज्ञान प्राप्त गरेर संसारभरि फैलिएको भन्ने ईतिहाँसले बताउँदै आईरहेको छ भन्ने बिषयमा प्रचारप्रसार गरि बिश्व सामु पुराउन सके कपिलवस्तुको संमृद्धिमा टेवा पुग्ने संघका अध्यक्ष पौडेलले बताउनु भयो । यस अवसरमा गुरुकुलममा रहेका बटुकहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने र याहाँको बिषयको बारेमा थप जानकारी लिन पाउँदा खुशी व्यक्त गर्दै यस क्षेत्रको प्रचारप्रसारमा संघको साथ सहयोग रहने बताउनु भयो ।

यस्तै कपिलधाममा अध्यक्ष शंकर आचार्यले यस पवित्र स्थलमा ऋषि महर्षिहरुले तपस्या गरेको , घुमफिर गरेको , तप ध्यान र योग गरेको पुण्यभूमि स्थल भएको बताउनु भयो । कपिलधाम कपिलबस्तु जिल्लाको ऐतिहासिक पुरातात्विक महत्वको हिसावले कपिलधामलाई धार्मिक पर्यटन प्रबर्धनको धरोहरका रुपमा मानिन्छ ।

शाख्य दर्शनका प्रणयता , महर्षि कपिलमुनिको तपोभूमि , शान्तीका प्रतिक भगवान गौतम बुद्धको गृहनगर लगाएत थुप्रै ऐतिहासिक पुरातात्विक स्थलको खुल्ला संग्रालयको रुपमा स्थापित रहेको हुँदा यस क्षेत्रको प्रचारप्रसारको लागि तिनैतहका सरकार , बिभिन्न संघ संस्था , समाजसेवी बुद्धिजिवि सबै लाग्न आवश्यक भएको बताउनु भयो ।

यस्तै कपिल प्रज्ञा पुस्तकालय संचालन, लुम्बिनी प्रदेश स्तरिय वागमय , तिलौराकोट र लुम्बिनीसंग जोडन् बुद्धबिहार संचालन र साहित्यतिर्थको रुपमा यसधामलाई लिईएको छ भने आदिकवी कवि भानुभक्त , लेखनाथ लगाएतका २३ वटा सालिकहरु स्थापना गरिएको आचार्यले जानकारी दिनुभयो । उद्योग व्यापार संघ , कपिलवस्तु आज यस क्षेत्रमा प्रवेस गर्दा यस क्षेत्रमा आमाको आगमन भएको महसुस भएको भन्दै उद्योग व्यापार संघ , कपिलवस्तुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा गुरुकुलम्का वटुकहरुले स्वस्तीक वाचनबाट संघका पदाधिकारीहरुलाई स्वागत गरेका थिए ।

दिवसको अवसर पारेर बिभिन्न रचनात्मक कार्यहरु संचालन गर्दै आएको उद्योग व्यापार संघ , कपिलवस्तुले ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा बिद्यापिठका वटुकहरुलाई शैक्षिक सामाग्री प्रदान गरि फरक कार्य गरिएको उद्योग व्यापार संघ , कपिलवस्तुका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा कुरुकुलम्का अध्यक्ष शिवचन्द्र आचार्य , उद्योग व्यापार संघ , कपिलवस्तुका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।