बुटवल, फागुन 6 । रोटरी कलब अफ बुटवल चौतारीले बुटवल स्थित तिलोतमा माध्यमिक बिधालय मा अध्ययनरत ५० जना गरिव तथा बिपन्न बिद्यार्थीहरु लाई ५० सेट स्कुल ड्रेस बितरण गरेको छ ।
सो अवसर मा बोल्दै उक्त कार्यक्रम का प्रमुख अतिथि बुटवल उप(महानगरपालिका शिक्षा प्रमुख टिकाराम पन्थीले रोटरी कलब अफ बुटवल चौतारीले सामाजिक क्षेत्र मा गर्नु भएको काम को प्रसंशा गरे । बुटवल उप(महागरपालिकादेखि आवश्यक सम्पुर्ण सहयोग हुने आश्वासन पनि व्यक्त गर्नुभयो,,त्यस्तै विशिष्ट अतिथी उक्त स्कुल का अध्यक्ष वीरमान लामा ले हाम्रो स्कुल लाई नै प्राथमिकता मा राखी पोसाक बितरण गरेका थिए ।
कलबका सम्पुर्ण पदाधिकारी लगाएत सदस्यलाई धन्यवाद ब्यक्त गर्नु भयो । कार्यक्रम को अध्यक्षता गर्नु भएका रोटरी कलब अफ बुटवल चौतारी का अध्यक्ष बिष्णु घिमिरेले छोटो समय मा पनि हाम्रो कलब ले यश क्षेत्र मा सामाजिक गतिविधि हरु गर्दै आएको र भविस्य मा पनि निरन्तर गरि रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य कलबका सद्श्य कृष्ण अर्यालले गरेका थिए । भने कार्यक्रम मा कलब का भि पि ज्ञकत थनेसवर पाण्डे ,स्कुल का प्रधन्ध्यापक इश्वरी प्र. रेग्मी ले बोलेका थिए । कार्यक्रम मा स्कुल का बिद्यार्थी एवम रोटरी कलब अफ बुटवल चैतारी का सम्पुर्ण पदाधिकारी लगाएत सद्श्य हरुको उपस्थित रहेको थियो!सेवा धर्म हो, स्वार्थ भन्दा माथी सेवा भन्ने मुल मन्त्र का साथ हाम्रो कलब अगाडी बडि रहेको र निकट भविस्य मा नै सामुहिक दन्त हस्पिटल को पनि सुरुवात हुने कुरा पुनस् स्मरण गराउदै कार्यक्रमको संचालन गरि रहनु भएका रोटरी कलब अफ बुटवल चौतारी का सचिव तथा युवा अभियान्ता सन्तोष केसीले यस खालका कार्यले हामीलाई थप उर्जा र प्रेरणा दिने पनि बताए ।
रोटरी क्लब अफ बुटवल चौतारीद्धारा विद्यार्थीलाई पोशाक वितरण
