हरि शर्मा
परासी । पश्चिम नवलपरासीको जिल्ला सदरमुकाम परासीमा लकडाउनको अवज्ञा भएको छ । सरकारले गरेको लकडाउनलाई प्रहरी प्रशासनले प्रभावकारी कार्यान्वयन नगर्दा यसको अवज्ञा बढेको हो । लकडाउनको अवज्ञा गर्दै आज शनिबार परासीमा साप्ताहिक हाटबजार लागेको छ । हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामाग्री किन्ने ग्राहकको घुँइचो थियो । यसबारे प्रशासनलाई जानकारी गराउँदासमेत कुनै वास्ता गरिएको थिएन ।
प्रशासनले भने तरकारी किन्नको लागि सहज बनाइएको तर हाटबजार नै लाग्न भने नदिइएको बताएको छ । “ प्रमुख चोकमा तरकारी पसल राख्दा भिड भयो भनेर नगरपालिकाले हाटबजार क्षेत्रमै व्यस्थित गराउन भन्दै दुरी कायम गर्ने रेखासमेत कोरेको थियो । एकाएक भिड भएछ । ” प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने । उनले जिल्लामा लकडाउनको पूर्णपालना भएको र उल्लगंन गर्नेलाई कारबाही गर्ने दाबी गरे । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रहरी प्रशासनको असहयोगका कारण नगर क्षेत्रमा लकडाउन कार्यान्वयनमा समस्या देखिएको बताए । “हामीसँग प्रहरी छैनन् । सार्वजनिक सूचना निकालेर सचेत गराएका छौं । प्रहरी प्रशासनलाई भन्दा वास्ता गर्दैन । ” गुप्ताले भने मैले हाटबजार हटाउन भने उल्टै प्रहरीले नगर क्षेत्रमा छर्किर्दै गरेको किटनाशक औषधिको फोहोरा लगेर हान्दिनुस् भागी हाल्छन् भन्ने गैर जिम्मेवारी प्रतिकृया आउँछ । मैले के गरु रु ” नगरप्रमुख गुप्ताले गुनासो गरे । भिडभाड नगर्ने र धेरै संख्यामा हिड्डुल नगर्न आव्हान गरिएपनि सदरमुकाममा भने त्यसको पूर्णपालना हुन सकेको ।