पन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत एक बिरामीको आइतवार मृत्यु भएको छ । रूपन्देहीको सैनामैना– ४ का ३४ वर्ष पुरुषको मृत्यु भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
उनी चैत १३ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागि आइतबार नमूना समेत लिइएको थियो । कोरोनाको परीक्षण नहुँदै उनको मृत्यु भएको बताइएको छ । उनी चैत ६ गते युएईबाट घर आएका थिए ।
कोरोनाको आशंकामा बुटवलमा उपचाररत एक व्यक्तिको मृत्यु
