बुुटवल । नेपालमा कोरोनाभाइरस कोभिड९ १९ संक्रमितको संख्या ६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पाइएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरी दिएको हो । नेपाल टेलिभिजनबाट लाइभ भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण भेटिएको पुष्टि गरेका हुन् । भेटिएका नयाँ संक्रमित चैत ४ गते दोहाबाट दोस्रो संक्रमित युवतीसँगै आएको पाइएको छ ।
नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित
