इन्सेक मानव अधिकार समूहद्वारा कपिलवस्तु नगरपालिकालाई ध्यानाकर्षण

मेचीकाली संवाददाता

१ फाल्गुन २०८०, मंगलवार
77 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेक र मानव अधिकार समूह कपिलवस्तुले कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार समुहका अध्यक्ष पुष्पा रेग्मीको संयोजकत्वमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य सम्मिलत टोलीले माघ २६ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हिरासत कक्ष , महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्तनपान ÷बालमैत्री कक्ष र पीडित मैत्री कक्षको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमन गर्दा भौतिक पूर्वाधार व्यवस्थित भए पनि कक्षलाई चाहिने आबश्यक सामाग्रीहरु नभएको , महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा सेवा लिन आउने घरेलु हिंसा पीडितहरुका लागि धेरै कुराहरुको समस्या पहिचान गर्दै उनिहरुको लागि कपडा , सेनेटरी प्याड लगाएतको सामाग्रीहरु उपलब्ध नहुदा समस्या समाधानका लागि धेरै कठिनाई देखिएको अनुगमनका क्रममा पाईएको थियो ।

नेपाल प्रहरीको जनशक्ति राम्रोसंग परिचालन भए पनि सिमित श्रोत साधनले गर्दा बालमैत्री कक्ष तथा पीडित महिला मैत्री कक्षमा पूर्ण श्रोत नभएको हुँदा उक्त श्रोत साधनलाई परिपूर्ति गर्न स्थानिय निकायले सहयोग गर्नुपर्ने देखिएको हुँदा समस्या समाधानको लागि मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकासंग जोडदार माग गर्दछ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

साथै कपिलवस्तु नगरपालिका भित्र हुने मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरू र मधेशी, मुश्लिम समुदायमा हुने लैंगिंक हिंसाका घटनाहरू , वाल विवाह , उमेर नपुग्दै गर्ने प्रेम (भागि) विवाह , बहु विवाह , लागूपदार्थ दुर्व्यवसनी र सडक दुर्घटनाका घटनालाई न्यूनिकरण गर्न बिभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्न मानव अधिकार समूह कपिलवस्तुले कपिलवस्तु नगरपालिकासंग जोडदार माग गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मेयर सुदिप पौडेलले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरु जिल्ला प्रहरी कार्यालयको माग अनुसार संबोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । बिगतका बर्षहरुमा पनि आवश्यक सहयोग गर्दै आएको बताउँदै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको माग अनुसार समस्याहरु समाधान गर्दै जाने मेयर पौडेलले बताउनु भयो ।

सो अवसरमा मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मी , इन्सेक मानार्थ सदस्य रुकैया खातुन , इन्सेक प्रतिनिधि पार्वती आचार्य समूहका सदस्य प्रेरणा बिष्ट , किशोरी अधिकार मञ्चकी साधिका रैदास लगाएतको उपस्थिती रहेको थियो ।