इन्सेक र मानव अधिकार समूह कपिलवस्तुद्वारा नव जीवन संस्थाको अनुगमन

मेचीकाली संवाददाता

१ फाल्गुन २०८०, मंगलवार
35 shares

पार्वती आचार्य

कपिलवस्तु । इन्सेक र मानव अधिकार समूह कपिलवस्तुले कपिलवस्तु नगरपालिका ३ क्याम्पस टोल स्थित नव जिवन संस्थाको अनुगमन गरेको छ । मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मी र इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले माघ २९ गते संस्थाको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमन गर्दा संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसंगै अन्य समुदायलाई समेत सेवा दिंदै आएको पाईयो । ०६७ सालमा स्थापना भएको नव जीवन संस्थाले जिल्लामा रहेर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको यौन स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको नव जीवन संस्थाका जिल्ला परियोजना संयोजक प्रेरणा बिष्टले बताउनु भयो ।

संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुका लागि जिविकोपार्जन र स्वास्थ्य उपचारका लागि स्थानियतहहरुसंग र बिभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै आएको संयोजक बिष्टले बताउनु भयो । लुम्बिनी प्रदेशले यौनिक तथा लैंगिक अल्पसंख्य समुदायलाई १ प्रतिशत मात्र आरक्षण कोटा छुट्याएको बताउँदै समलिंगीहरुलाई पनि विवाहको लागि मान्यता दिईएको जानकारी दिंदै राज्यबाट प्राप्त गर्नुपर्ने केहि अधिकारहरु सुनिश्चित भएको संयोजक बिष्टले महसुश गर्नु भयो ।

अनुगमनका क्रममा मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि राम्रो काम गरेको पाईएको बताउनु भयो । संस्थामा स्वास्थ्य उपचारकालागि क्लीनिक , ल्याव र सामाजिक मनोविमर्श कक्षको अनुगमन गरिएको थियो । सो अवसरमा यस संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बिस्तार गर्न सम्पूर्ण नगरपालिकाहरुसंग समन्वय गरि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अन्य समुदायलाई समेट्न नव जीवन संस्थालाई सुझाव दिनु भयो ।

सो अवसरमा यस समुदायलाई राज्यको हरेक निकायमा समाबेशीकरण गरिनु पर्नेमा जोडदिनु भयो । नव जीवन संस्थाले निल हिरा समाज, काठमाण्डौंको सहयोगमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाले जानकारी दिएको छ ।