तुलसी राम पौडेल
बुटवल , चैत २१
बिश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९ को सक्रमण रोक्न देशव्यापी गरिएको लकडाउनबाट प्रभावित मायादेविका अति विपन्न दैनिकी ज्यालादारी घर परिवारलाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम जारी राखेको छ।
मायादेवी गाउपालिकाले वडा नम्बर १ का १२० घर ,वडा नम्बर २ का १०० अ घर र वडा नम्बर ४ का १५० घरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ।
राहत सामाग्री वितरण कार्यक्रम अन्तरगत चार जना सम्म सदस्य भएको घर परिवारलाई १० किलो चामल ,२ किलो दाल , १ लिटर तेल , २ वटा डिटोल साबुन ,१ किलो नुनको पोको वितरण गरिएको छ।त्यसै गरि चार जना सदस्य भन्दा बढी सदस्यहरु भएको घर परिवारलाई १५ किलो चामल ,२ किलो दाल ,१ लिटर तेल ,२ वटा डिटोल साबुन र १ किलो नुनको पोको वितरण गरिएको छ।
मायादेवी गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरी ,उपाध्यक्ष तारादेवी यादव ,प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद ढुंगाना ,वडा अध्यक्ष ,वडा सदस्यहरुको रोहवरमा राहत सामाग्री वितरण गरिएको थियोे ।
मायादेविमा अति विपन्न घर परिवारलाई राहत वितरण
