पार्वती आचार्य
कपिलवस्तु, चैत २२
गरिब मजदुरहरुलाई कपिलवस्तुको यशोधरा गाउंपालिकाले राहत वितरण सूरु गरेको छ । गाउंपालिका भित्र १ हजार २ सय गाउबासीलाई राहत वितरण गर्ने योजना अनुसार कार्य भैरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको मारमा परेका नागरिकहरुको लागत संकलन गरी राहत दिने निर्णय अनुसार आवश्यक खाद्यान्न वितरण कार्य सूरु गरिएको छ । यशोधरा गाउंपालिकाको वडा नं १ मा १ सय ५० घरपरिवारलाइ राहत स्वरुप प्रति घरपरिवारलाइ चामल १० केजी, पिठो ५ केजी, दाल २ केजी, तेल १ केजी, चिनी १ केजी, साबुन २ पीस, मसला एव चियापत्ती लगायत सामग्रीहरु वितरण गरिएको गाउंपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले बताए । वितरण कार्यक्रममा वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, वडा नं १ का वडा अध्यक्ष शिवपुजन पासी , जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेय, पशु विकास अधिकृत अब्दुल सलाम लगायतको सहभागिता रहेको थियो । गांउपालिका क्षेत्र भित्रका गरिव विपन्न लाई तथ्याकंकको आधारमा निरन्तर राहत वितरण गरिने गाउंपालिकाका अध्यक्ष गरिजेश कुमार पाण्डेयले बताए । तत्काल १ हजार २ सय परिवारलाई वितरण गरिए पनि पछि गाउंवासी अन्य लाई समस्या परेमा थप राहत वितरण गरिने समेत गाउंपालिकाले जनाएको छ ।
यशोधराले १ हजार बढिलाई राहत वितरण तयारी
