पार्वती आचार्य
२२ चैत, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले ६३ लाखको नगरस्तीय प्रकोप व्यवस्थापन कोष खडा गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकले बिपद् पीडीतलाई राहत प्रदान गर्न सो कोष खडा गर्ने निर्णय गरेको हो । सो कोष जिल्लाका पालिका मध्ये सबै भन्दा बढी रकमको बिपद् कोष हो । नगर प्रमुख नेत्रराज अधिकरीले बिपद्मा परकोहरुलाई राहत प्रदान गर्न कोष खडा गरिएको बताए । यसअघि नगरपालिकामा रहेको बिपद् व्यवस्थान कोषमा रहेको १० लाख र नगरपालिकामा अन्य शीर्षकमा रहको बजेटलाई कोषमा जम्मा गरेर ६३ लाख राशीको कोष खडा गरिएको हो। लकडाउनका कारण पीडीत भएका बिपन्न परिवार र अन्य बिपद् मा परकोहरुलाई सो कोषबाट राहत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । कोषमा हालसम्म ६३ लाख ८८ हजार ५ सय जम्मा भएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए। कोषमा नगरपालिकाले ६३ लाख रकम जम्मा गरेको छ भने खरेन्द्रपुर निवासी चन्द्रौटा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा शिव एण्ड सपना ट्रेर्डसका व्यवस्थापक इश्वरी पाण्डेले ५१ हजार, चन्द्रौटा निवासी क्रिष्टल डिजिटल फ्याक्स प्रिन्ट तथा स्काइ फेसन गार्मेन्टका व्यवस्थापक पदमराज पौडेलले १५ हजार, शिवपुर निवासी दिपाली निर्माण सेवाका व्यवस्थापक दर्लजन के।सी।ले ११ हजार र शिवपुर निवासी सरोज शर्माले ११ हजार ५ सय रकम कोषको खातामा जम्मा गरिदिएको पौडेलले जानकारी दिए ।
शिवराज नगरपालिकामा ६३ लाखको प्रकोप व्यवस्थापन कोष
