आवर पिसल्याण्ड एकेडेमीद्वारा सरसफाई तथा सचेतना कार्यक्रम

मेचीकाली संवाददाता

१ फाल्गुन २०८०, मंगलवार
150 shares

बुटवल । बुटवल–७ शिवनगरस्थित आवर पिसल्याण्ड एकेडेमीले मंगलबार सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूले विगतका वर्षहरूमा जस्तै विद्यालय वरपरका टोलबासी र अभिभावकलाई सरसफाईबारे जानकारी गराउँदै सचेतना ¥याली गरेका हुन् । विद्यालयबाट निस्किएको विद्यार्थीहरूको ¥यालीले सरसफाईबारे छापिएका पम्पलेट अभिभावकहरुलाई वितरण गरेर सोही अनुसार सरसफाईमा ध्यान दिन आग्रह गरेका थिए ।

सकारात्मक सोचको बानी बसालौं, मानसिक विकारको जड निकालौं, दिगो विकासको संकल्प, हरियाली सहर पनि सम्भव छ, प्रविधिको विवेकशील प्रयोग गरौं, सामाजिक सञ्जालको दुरुपयोग नगरौं जस्तै प्लेकार्ड सहित कक्षा ५ देखि १० कक्षासम्मका विद्यार्थीहरू सचेतना ¥यालीमा सहभागी थिए ।

विद्यालयका प्राचार्य गंगा भण्डारीले सरफाईबारे अभिभावक र टोलबासीलाई विद्यार्थीहरू सचेत बनाउने ¥याली गरेको बताइन । ठाउँ–ठाउँका चोकहरुमा फोहोर संकलन गर्ने डस्बिनहरू पनि राखिएको प्राचार्य भण्डारीको भनाइ छ । आवर पिसल्याण्ड एकेडेमीको अपिल, आफ्नो वरिपरि सफा राखौं, खाना खानुअघि सधै साबुनपानीले हात धोऔं, सन्तुलित भोजन सकेसम्म घरमै तयार गरी प्रयोग गरौ, योगा, ध्यान, र शारीरिक कसरत गरी शरीरलाई गतिशील राखौं जस्ता अपिल वितरण गरिएका पम्पलेटमा लेखिएका छन् ।

विद्यालयका संस्थापक अध्यक्ष कूलानन्द पाण्डेले विद्यार्थीहरूले विभिन्न समय–समयमा रचनात्मक र समाजमा राम्रो प्रभाव पार्ने कार्यक्रमहरु गर्दै आइरहेको बताए । आवरपिसल्याण्ड एकेडेमी स्थापनाको छोटो समयमा गुणस्तरीय शिक्षा दिन विद्यालयका रुपमा आफ्नो पहिचान बनाइसकेको छ । विद्यालयबाट एसईईमा चार जीपीए सहित विद्यार्थी उत्तीर्ण भइसकेका छन् ।