बुुटवल । प्रदेश पाँचबाहेक ६ वटै प्रदेशमा कोरोना भाइरसको चेकजाँच गर्ने प्रयोगशाला सञ्चालनमा आइसकेका छन् । तर, प्रदेश पाँचमा उपकरणहरु आइपुुगेको चार दिन हुुँदासम्म प्राविधिक समस्याले यहाँ कोरोनाको चेकजाँच सुुरु हुुन सकेको छैन । प्रदेश पाँच जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले कोरोना जाँच गर्ने मुुख्य उपकरण (बायो सेफटी क्याविनेट) ले एयर सकुुलेसन गराउन समस्या देखिएकाले ढिलाई भएको बताए ।
उनले भने, ‘मेसिनमा एयर सर्कुुलेशनमा टेक्निकल समस्या आएको छ । त्यसको मर्मतको काम भइरहेको छ । सकेसम्म हामीले आजै (आइतबार)देखि जाँच सुुरु गर्नेछौं ।’ प्रदेश पाँचको रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली परिसरभित्रको बीउबिजन कार्यालयमा प्रयोगशालाको कार्यालय राखिएको छ । प्रदेशमा पहिलेको क्षेत्रीय प्रयोगशाला थिएन । अर्थात पूर्वाधारको अभाव थियो । अन्य प्रदेशहरुमा क्षेत्रीय प्रयोगशाला थिए । मेशिन आउने बित्तिकै जडान गरी जाँच शुरु गरिएको प्रदेश सरकारले बताएको छ ।
‘कोरोना परिक्षणको लागि पिसिआर मेशिन मात्रै नराखी सँगै बिएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला राख्न खोजियो । अब यो प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अरु इन्फुएञ्जा पनि जाँच गर्न सकिन्छ’ गिरीले भने ।
प्रदेश पाँचमा पिसिआर र किट सहितको सामग्री चैत २० गते आएको थियो । अन्य प्रदेशहरुमा दुुई दिन अगाडि पुगेका थिए । यहाँ पहिले हेलिकोप्टरमा सामग्री पठाउने भनियो पनि पछि यतैबाट गाडी गएर समान ल्याउँद ढिलाइ भएको हो । मेशिन जडान लगायतका सबै काम सकिएको छ । प्रदेश पाँचमा तीन ठाउँमा प्रयोगशाला सञ्चालनमा ल्याउने भनिएको थियो । दाङ र नेपालगञ्जमा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशमा कोरोनाको शंका लागेका बिरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।
संघीय सरकारले ७ वटै प्रदेशमा १ र १ वटा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसँग प्रयोगशाला बन्न लागेको हो । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले रुपन्देहीमा बन्ने प्रयोगशाला संघ अन्तर्गत तथा दाङ र नेपालगञ्जमा बन्ने प्रयोगशाला प्रदेश सरकारको बजेटमै बन्ने बताए ।
गिरीले कोरोना जाँच गर्ने प्रोट्रेबल पीसीआर मसिन संघले उपलब्ध गराएको बताए । कोरोना परीक्षण गर्ने रियलटाइम पीसीआर र पोट्रेबल पीसीआर गरी २ किसिमका उपकरण चाहिन्छ । दुवै उपकरण सञ्चालनका लागि बायोसेफ्टी लेवल (प्रयोगशालामा बाहिरी हावा समेत पस्न नसक्ने गरी कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाको पनि हानिकारक तत्वबाट जोखिम नहुने गरी बिसर्जन हुन सक्ने वातावरण) तयार हुनुपर्छ ।
प्रदेश पाँचको कोरोना जाँच गर्ने प्रयोगशाला सञ्चालनमा ढिलाई
