पार्वती आचार्य
कपिलवस्तु, चैत्र २३
कपिलवस्तु जेसिजले वाणगंगा नगरपालीकामा शुरु गरेको घरघरमा डाक्टर अभियान मार्फत ७ सय २९ घरधुरीका १२ सय वढिले चिकित्सक सहितको परामर्श तथा सहयोगवाट प्रत्यक्ष लाभ लिएका छन् । साथै तेश्रो मुलकु तथा भारतवाट आएका ४७ वढि लाई नियमिति सम्पर्कमा राखि चेक जाँच गरेको छ । कोरोना भाईरस ९कोभिड १९०को संक्रमण फैलिन नदिन, रोकथाम तथा सचेतनाका लागि गएको वुधवारवाट अभियान शुरु गरेको हो । नगरको वडा नं ३ को गंगोलीया, राजापानी र भक्तौती गाँउवाट संचालीत अभियानमा त्यस क्षेत्रका २ सय घरधुरीका ३ सय जनाले सेवा लिएका छन् । यस्तै वडा नं ८ का सिसनिया गाँउका १ सय १९ घरधुरीका २ सय जना, वडा नं ९ को जीनुवा, भर्लावास र भलवाड गाँउका २ सय वढि घरधुरीका ४ सय जना र वडा नं ७ को कोईली वनगाई, कान्छी वजार र घेरुवा वनगाईका १ सय १८ घरधुरीका ३ सय जनालाई प्रत्यक्ष घरमा गाई सेवा उपलव्ध गराएको अध्यक्ष मनोजकुमार खत्रीले वताए । सो अवसरमा सावुन समेत वितरण गरिएको उनले बताए । चिकित्सकको टीम सहित पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र चेकजाँच गर्ने कार्यलाई राजापानी सामुदायिक वन, कपिलवस्तु सामुदायिक अस्पताल, वाणगंगा नगरका वडा कार्यालय र वडामा विभिन्न सामाजिक संघ संस्थाले प्रत्यक्ष सहयोग गरेका छन् । साथै नेपाल रेडक्रस सोसाईटीका शाखा, शान्ति सृजना युवाक्लव, नव प्रभाव सहकारीले पनि घरदैलो अभियानमा सहयोग उपलव्ध गराएको जेसिजले जनाएको छ । डाक्टर सहितको अभियानमा नागरिकहरुलाई सरसफाईको महत्व, हात धुने तरिका, रोगवाट वच्ने उपाय लगाएतका विषयमा प्रत्यक्ष जानकारी गराईएको ज्वरो नाप गरिएको महासचिव प्रविन पौडेलले वताए । कपिलवस्तु सामुदायिक अस्पताल प्राविधिक सहयोगमा अहिले सम्म ४ वडामा अभियान संचालन गरेको छ । यसलाई अन्य वाँकी ७ वडामा लैजाने योजना रहेको अध्यक्ष खत्रीको भनाई छ । सामुदायिक अस्पतालका डाक्टर दिपेन्द्र चन्द र अस्पतालका पारामेडिक्स दुर्गा भुसालले घरघरमा गई स्वास्थ्य जाँच गरेका छन् भने जेसिजका अन्य पदाधिकारीहरुले जानकारीमुलक सचेतना प्रदान गरेका छन् । जेसिज युवाको यो अभियानलाई नागरिकले खुसी हुदै प्रशंसा व्यक्त गरेका छन् । वडा नं ७ मा आईतवार संचालीत अभियानमा वडा अध्यक्ष विष्णु गिरी, शान्ति सृजना युवाक्लवका अध्यक्ष दिपक केसी, वडा सदस्य नुमलाल पाण्डे, भुपु अध्यक्ष कृष्णराज अर्याल, कुशल पौडेल, सुनिल पाण्डे, हेमनाथ गैरे लगाएतको सहयोग रहेको जेसीले जनाएको छ ।
कपिलवस्तुको जेसिज को घरघरमा डाक्टर अभियान
