पार्वती आचार्य
कपिलवस्तु, २३ चैत
कपिलवस्तुमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् । जिल्लाका १० स्थानीय तहमा निर्माण गरिएको ९ सय ७७ क्वारेन्टाईन बेडमा अहिले ६ सय ९१ जना रहेका छन् । स्वास्थ्यकर्मीको सिफरिशमा ९८ जनालाई भने डिस्चार्ज गरिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी मनोज कुमार सैनिले जानकारी दिएका छन् । जिल्लामा कारोनाको आशंकामा एक जनालाई आइसोलेसनमा राखि उपचार गरिएको । ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको विजयनगर गाउँपालिका २ का ३० वर्षिय एक पुरुषलाई कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट किशोर बन्जाडेले बताए । छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको छ, त्यसैले बिरामीलाई आइसोलेसन बेडमा राखेर नियमित उपचार गरिएको उनले बताए । बिरामीको स्वाब परीक्षणका लागि आईतबार बुटवल नमुना पठाईएको उनले बताए । विरामीलाई पहिलादेखिनै क्षयरोगको समस्या रहेको भएता पनि कोरोनाबारे निश्चित हुनका लागि परिक्षणका लागि पठाईएको अस्पतालले जनाएको छ । चोर नाकाका कारण सीमा क्षेत्रबाट लुकिछिपि भित्रिएसंगै दिन प्रतिदिन क्वारेन्टाईनमा बस्नेको संख्या बढिरहेको र अधिकतम भारती नागरिक रहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए । उनले यसलाई नियन्त्रण गर्नका लागि करिव १ सय जना सुरक्षाकर्मी परिचालन गर्नुका साथै जनप्रतिनिधिहरुलाई पनि कडाई गर्न निर्देशन दिएको उनले बताए ।
कपिलवस्तुका एक युवाको स्वाब परिक्षणका लागि नमुना बुटवल पठाईयो
