तुलसी राम पौडेल
बुटवल चैत्र २४
बिश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस सक्रमण रोक्न गरिएको लक डाउन बाट प्रभावित दैनिक ज्यालादारीबाट गुजारा गरिरहेका अति विपन्न घर परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासीले जिल्ला अन्तरगतका सात वटा स्थानीय निकायहरुलाइ खाद्यान्न सहयोग प्रदान गरेको छ।
पश्चिम् नवलपरासी अन्तर्गतका स्थानीय निकायहरू राम ग्रामीण नगरपालिका ,बर्दघाट नगरपालिका ,सुनवल नगरपालिका ,पालिनन्दन गाउपालिका,सरावल गाउपालिका,प्रतापपुर गाउपालिका,सुस्ता गाउपालिका पर्दछ्न।नेपाली काङ्ग्रेस नवलपरासीका कार्यबाहक अध्यक्ष अर्जुन कुमार पोख्रेलले प्रत्येक स्थानीय तहलाई २५ क्विन्टल चामलका दरले राहत उपलब्ध गराएको जानकारी दिनुभयो। एकद्वार प्रणालीबाट पिडित वर्गमा पुर्याउन स्थानीय तहलाई खाद्यान्न राहत उपलब्ध गराएको कार्यबाहक अध्यक्ष पोख्रेलले बताउनुभयो ।
नेपाली काङ्ग्रेस नवलपरासिवाट स्थानिय तहलाई राहत
