चैत्र २४ सैनामैना
सैनामैना नगरपालिका ११ वटै वडामा २ हजार आठ परिवारका ७ हजार ३ सय ८१ जनालाई पहिलो चरणको आवश्यक राहत सामाग्री विपद तथा प्रकोप व्यवस्थापन कोषबाट वितरण गरिएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । उनीहरुलाई आवश्यक चामल, दाल, चिउरा, खाने तेल र साबुन दिईको प्रमुख कार्कीले बताउनु भयो ।
सबै वडा कार्यालयका राहत सामाग्री पुर्याई सकेको र वडा मार्पmत बितरण भईरहेको समेत कार्कीले बताउनु भयो । १२० क्विन्टल चामल, १२ क्विन्टल दाल, १२ क्विन्टल, नून, १२०० लिटर तेल र १२०० थान साबुन वडा कार्यालयमा हस्तान्तरण भई सकेको समेत कार्कीले जानकारी गराउनु भयो । यसका लागी सैनामैनामा राहत बितरण समिति बनेको र समितिको बैठक राखी आवश्यक कार्य योजना बनाईएको समेत बताउनु भयो
नगरपालिकाबाट प्राप्त गरेकोे राहत धमाधम वितरण भईरहेकोे सैनामैना ६ का वडाध्यक्ष बसन्त पाण्डेले जानकारी दिनुभयो । वडाका दलित समुदायका विपन्न परिवार लगायत २५० परिवारका ७५० जनालाई राहत वितरण गरिएको जानकारी दिनु भयो ।
दैनिक ज्यालादारीमा काम गरेका विपन्न समुदायका परिवार छनौट गरेर राहत वितरण गरिएको सैनामैना ७ का वडा अध्यक्ष डिलाराम बेलबासेले जानकारी दिनु भयो । राहत पाएसंगै केही परिवार धेरै भावुकसंगै आखा रसाएको ढुश्य देखिएको थियो । साक्षर भगवान नै आएको प्रक्रिया समेत दिएका थिए । बिपदको समयमा खाध्यन्न पाएकोमा बाच्ने आधार भएको सैनामैना ७ का जुठे थारुले बताउनु भयो । स्थानिय सरकार रहेको र दुखमा साथ दिने महसुस समेत भएको थारुको प्रतिक्रिया थियो ।
बजारमा निरन्तर अनुगमन
सैनामैना नगरपालिकामा रहेका नीजि मेडिकल तथा क्लिनीक, अति आवश्यक दैनिक पसल, ग्यास बिरण केन्द्र खुला राख्न नगरपालिकाले निरन्तर अनुगमन गरेको छ ।
नगरपालिकाका उप–प्रमुख विना रानाको नेतृत्वमा उपभोक्ता हित संरक्षण मञ्चका महासचिव दिनेश पन्थी, सैनामैना ब्यापार संघका अध्यक्ष जिवनाथ पाण्डे, सैनामैना उ.वा.संघका राज ब.क्षेत्री, सैनामैनाका चिकित्सक प्रकाश खरेल, स्वास्थ्य संयोजक हेमराज पन्थी, ग्यास बिक्रेता संघका पदाधिकारी,प्रहरी, पत्रकार लगायतको सहभागीतामा नगरमा अनुगमन गरिदै आएको छ ।