आवर पिसल्याण्डमा पुरस्कार वितरण

मेचीकाली संवाददाता

२ फाल्गुन २०८०, बुधबार
49 shares

बुटवल । बुटवल–७ शिवनगरस्थित आवर पिसल्याण्ड एकेडेमीमा सरस्वती पूजाको अवसरमा शैक्षिक वर्ष–२०७९ को शैक्षिक पुरस्कार तथा खेल महोत्सव–२०८० को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शैक्षिक पुरस्कारअन्तर्गत २०७९ मा हरेक कक्षामा उत्कृष्ट हुने तथा तहगत रुपमा प्रथम हुने विद्यार्थीहरूलाई पुरस्कृत गरी हौसला प्रदान गरिएको थियो । विभिन्न खेलहरूको पुरस्कार, खाना महोत्सव प्रथम पुरस्कार, सृजनशील प्रथम पुरस्कार, अनुशासन पुरस्कार, सर्वोत्कृष्ट सदन पुरस्कार, शत प्रतिशत उपस्थिति पुरस्कार, आदर्श विद्यार्थी पुरस्कार, एसेम्लीक्वीज पुरस्कार, अभिभावकबिच तथा शिक्षक कर्मचारीबिच म्यूजिकल चियर प्रतियोगितालगायतका पुरस्कार वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राचार्य गंगा भण्डारीले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै आवर पीसल्याण्ड एकेडेमीले आफ्नो छुट्टै पहिचान बनाइसकेको र यसलाई एक विशिष्ट विद्यालयको रूपमा विकास गर्दै लैजाने योजना रहेको बताइन् । कार्यक्रम शिक्षक रिता नेपालको स्वागत तथा शैक्षिक संयोजक रोमञ्च पुनको सञ्चालनमा भएको थियो ।