दुर्गादत्त माविले मनायो ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

मेचीकाली संवाददाता

२ फाल्गुन २०८०, बुधबार
38 shares

बुटवल । तिलोत्तमा–२ शंकरनगरस्थित शंकरनगर दुर्गादत्त माविको ५९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रम गरिएको छ ।

बुधबार आयोजित मूल समारोहको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले उट्घाटन गरे । सोही अवसरमा बोल्दै उनले युवाहरुलार्ए सिपसँग जोडेर लगेमात्रै मुलुकको आर्थिक उन्नति हुने बताए । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेतासेमेत रहेका गिरीले पछिल्लो समयमा देशका युवाहरु विदेश पलायन हँुदै जाँदा नेपालमा समृद्धिको बाटो खस्किँदै गएको बताए ।

यसैगरी कालिका क्याम्पसका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले अहिलेको पुस्तालाई परम्परागत शैलीले ज्ञान नपुग्ने उल्लेख गर्दै प्रविधिमैत्री शिक्षालाइ जोड दिनुपर्ने बताए ।
कार्यक्रममा अक्षयकोष स्थापना गर्ने, सेवा निवृत्त भएका शिक्षक, उत्कृष्ट विद्यार्थी तथा समाजसेवीलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेले विधालयको वार्षिक प्रतिवेदन पस्तुत गरेका थिए ।

र्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका प्रमुख रमाकान्त तिवारी, शिक्षक विद्यालय व्यवस्थापन समिति इकाइ प्रमुख माधव बन्जाडे, ति.न.पा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यलगायतले मन्तव्य राख्दै विद्यालयको बहुआयामिक सफलताको कामना गरेका थिए ।

उक्त कार्यक्रममा अनेरास्ववियु नगर कमिटीले १ लाख, स्वर्गीय मुक्तिनाथ कंडेलको स्मृतिमा ५० हजार ५ सय ५५, कालिका भण्डारी स्मृति अक्षयकोषले १ लाख १ हजारलगायत ६ जनाले अक्षयकोष स्थापना गरिएको छ ।
वार्षिकउत्सवको सो अवसरमा गरिब तथा जेहेन्दार ७८ जना विद्यार्थीलाई अक्षयकोष वितरण, शिक्षक तथा विद्यार्थीहरुको सास्कृतिक प्रस्तुती, पुरस्कार वितरण उत्कृष्ट शिक्षक सम्मानलगायतका कार्यक्रम गरिएको विद्यालयका सास्कृतिक कार्यक्रमका संयोजक गंगा पुरीले बताए ।

व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कंडेलको अध्यक्षता, सहप्राध्यापक राम गिरी र कक्षा ९ बिकी छात्रा सदिक्षा न्यौपानेको स्वागत तथा सहप्रधानध्यापक प्रकाशलाल श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।