पार्वती आचार्य
कपिलवस्तु, चैत्र २४
कोरोनाको त्रासका कारण जिल्लाको यशोधरा गाउपालिका रंगपुरकी ३६ बर्षिया कलामुन निशाले सोमबार बिहान अकालमा ज्यान गुमाउनु परेको मृतक महिलाका परिवारको गुनासो छ । रुघा ज्वरो खोकी आए पछि उनलाई तौलिहवा स्थित डाक्टर जाबेदको क्लिनका उपचार गर्न आईतबार ल्याईएको थियो । अली बढी बिरामी भए पछि त्यहाबाट उनलाई कपिलवस्तु अस्पताल लगिएको थियो । बढी बिरामी भए पछि उनलई सामान्य उपचार पछि भैरहवा मेडिकल कलेज उपचारका लागि लगियो । मेडिकल कलेजले उनलाई भर्ना गर्न मानेन । त्यहाबाट भीम अस्पताल लगीयो । त्यहाबाट पनि फर्काईयो । बाध्य भएर परिवारले कालामुनलाई फैरी रातारात तौलिहवा अस्पताल ल्याए । सोमवार बिहान कलामनुको ज्यान गयो । वडा अध्यक्ष श्याम नारायाण पाण्ेडयले ज्वरोले थलिएकी बिरामीले अस्पतालको चक्कर काट्दा काट्दै ज्यान गुमाउनु प¥यो । कोरोना कै त्रासका बिच अरु थुप्रैले उपचार नपाई मृत्यु हुने निश्चित रहेको उनले बताए । जिउँदो भगवान सरह मानिने डाक्टरले कोरोनाका कारण आफै असुरक्षित महसुस गरी ज्वरो रुखा खोकी लागेका बिरामीलाई चेकजाच गर्न मान्दैनन् । यसले गर्दा अकालमा ज्यान गुमाउनेको संख्या समेत बढदै गएको छ । उता प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कपिलवस्तु अस्पतालमा ल्याएसंगै तुरुन्तै उपचार सुरु गर्न आफुले निर्देशन दिएको भन्दै टाईफाईडका कारण उनको ज्यान गएको बताए । उनले भैरहवा लगेको बारे आफुलाई जानकारी नभएको बताए ।
कोरोना त्रासका कारण कपिलवस्तुकी एक महिलाको ज्यान गयो
