नगेन्द्र केसी
भुजौली रुपन्देही
शुध्दोधन गाउँ पालिकाको आयोजनामा वडा नः२को सम्योजनमा अति बिपन्न एवं मजदुर वर्गलाई राहत वितरण कार्यक्रम २३ गतेदेखि सुरु भएको छ।पछिल्लो समय देखि विश्वमा फैलिएको कोरोना भाइरस कोभिड९१९० को माहामारी को आतंक फैलिएका कारण सरकारले लकडाउन को घोषणा गरेको छ।यश कारण अति विपन्न एवं मजदुर वर्गलाई मध्ये नजरअन्दाज गरि शुध्दोधन गाउँ पालिकाले राहतको ब्यवस्था गरेको छ।शुध्दोधन गाउ पालिकाका विभिन्न वडामा राहत वितरण गरि २३ गतेदेखि वडा नः२मा पनि राहत वितरण सुरु गरिएको वडा सदस्य उमाकान्त चापागाईंले बताउनुभयो।शुध्दोधन गाउँ पालिका बाट एक सय दस पोका र सामाजिक संघ संस्था बाट पचास पोका गरि एक सय साठी घरपरिवार सात सय ९५ जनालाई राहत वितरण गर्ने वडा कार्यालयको लक्ष्य रहेको वडा अध्यक्ष विष्णुप्रसाद बस्यालले बताउनुभयो।पछिल्लो समयमा विश्वकै महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० विरुद्ध रुपन्देहीको शुद्धोधन गाउँपालिका सक्रिय रुपमा लागेको गाउँपालिकाले दाबी गरेको शुध्दोधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बताउनुभयो।गाउँपालिकाले राहत वितरण गर्दा एकद्वार प्रणालीलाई अबलम्बन गर्ने निर्णय गर्दै प्रत्येक टोलहरुबाट वडामार्फत असहाय,बिपन्न ज्याला मजदुरी गर्नेको ब्यक्तिहरुको लगत संकलन गरि बिपन्न भएनभएको छानबिन गरि २० किलो चामल,२ किलो दाल,१ लिटर तेल,१ पोका नुन र १वटा साबुन र माक्स वितरण गरिएको यश गाउँपालिका वडा नस् २का भित्र रहेका लाई टोल विकास समितिले अनुसन्धान गरि राहत वितरण गरिएको वडा सचिव लक्ष्मणप्रसाद ज्ञवालीले बताउनुभयो।राहत वितरण कार्यक्रममा वडा नः२ का वडा अध्यक्ष विष्णुप्रसाद बस्याल शुध्दोधन गाउँ पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली वडा सदस्य उमाकान्त चापागाईं कमल खड्का धनकुमारी थारू टोल विकास समिति का अध्यक्ष पत्रकार लगायतको उपस्थितिमा सो कार्यक्रम रहेको थियो
शुध्दोधन वडा २मा अती बिपन्न एवं मजदुर वर्गलाई राहत वितरण
