तुलसी राम पौडेल
बुटवल ,चैत २४
विश्वव्यापी महामारिको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड (१९ को सम्भावित सक्रमण जोखिम रोकथाम नियन्त्रणको लागि पश्चिम् नवलपरासी स्थित सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार कोषमा सोमवारसम्म जिन्सी र नगद गरि कुल तीस लाख रुपैया सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ । जस अनुसार नगद छब्बीस लाख सन्तानव्वे हजार आठ सय एकासी र तीन लाख आठ हजार बराबरको जिन्सी दैवी प्रकोप उद्वार कोषमा जम्मा भएको छ।
सुनवल नगरपालिकाको दैवी प्रकोप कोषमा ३० लाख संकलन
