पार्वती आचार्य
कपिलवस्तु, चैत्र २५
कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीमा कोरोना भाईरस संक्रमण नभएको पुष्टि भएको छ । शुक्रवार देखि जिल्ला अस्पताल तौलिहवामा आईसोलेशनमा राखि उपचाररत जिल्लाको बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको थियो । उनको स्वाब परिक्षणकालागि प्रादेशिक प्रयोगशला भैरहवामा २ दिन अघि पठाईएको थियो । मंगलवार आएको प्रतिबेदनमा रिपोर्ट नेगेटिभ देखिएको अस्पतालका मेडिलक सुप्रीटेन्डेन्ड डाक्टर किशोर बन्जाडेले बताएका छन् । क्षयरोग लागेर यसअघि पनि पटक पटक उपचारका लागि बुटवल गएको उनका आफन्तले बताएका छन् । उनको ह्रदयघातका कारण मृत्यु भएको बन्जाडेले प्रष्ट पारे ।कोरोनाको त्रास र आशका कारण कपिलवस्तुमा दुईजनाले ज्यान गुमाएका छन् १ जिल्ला अस्पताल कपिलवस्तु तौलिहवाको आइसुलेसनमा रहेका एक पुरुष र अर्कि एक महिलाको मृत्यु भएको हो १ आइसुलेसनमा रहेका बिजयनगर गाउपालिका, २ जर्लेहियाका ३० बर्सिय गोभर्धन भर र यशोधरा गाउपालिका रंगपुरकी ३६ बर्षिया कलामुन निशाको ज्यान गुमाएका हुन् १ भरको आइसुलेसनमै उपचाररत रहेकै बखत र निशाको उपचारको अभावमा मृत्युु भएको हो
कपिलवस्तु अस्पतालको आईसोलेशनमा मृत्यु भएका विरामीलाई कोरोना नभएको पुष्टि
