पार्वती आचार्य
चैत २७, कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०का कारण देशमा लकडाउन घोषणा गरिएसंगै गाउँपालिका वासीहरुलाई सामाजिक सुरक्षा वितरण गरिएको हो । गाउँपालिकाले रु २ करोड ५६ लाख ९१ हजार बराबरको विभिन्न व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए । कोरोना भाईरसको सचेतना फैलाउने, विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन गरि क्वारेन्टाईनमा बस्न लगाउने, त्यस्ता लक्षण देखिएका व्यक्तिको विवरण स्वास्थ्य कार्यालयमा पठाउने लगायत स्वास्थ्य सम्बन्धी कार्य गरेको भन्दै ६७ जना महिला स्वास्थ स्वयंसेवीकाहरुलाई प्रोत्साहन स्वरुप रु ५ हजारका दरले भत्ता प्रदान गरिएको हो । सो संगै महिला स्वयंसेवीकाहरुले हौसला प्रदान गरेको खुसी व्यक्त गरेका थिए । त्यस्तै गाउँपालिका भित्रका वृद्ध वृद्धाहरुलाई पनि लकडाउनको समस्या समाधानका लागि गाउँगाउँमा गई भत्ता वितरण गरिएको अध्यक्ष थापाले बताए । गाउँपालिका भित्र विदेशबाट आएकाहरुको घरमा रातो चिन्ह लगाई क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ । गाउँपालिकामा १ सय ७४ बेड क्वारेन्टाईनमा अहिले १ सय ५१ जना रहेका छन् भने १६ जनालाई डिस्चार्ज गरिएको प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्राईले जानकारी दिए । उनले गाउँपालिकाले प्रत्येक वडामा सुरक्षित रहन दुरी कायम गरी समाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए । गाउँपालिकाले सम्पुर्ण वडाका अति विपन्न ८ सय ४७ परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ ।
यस्तै कोरोनाको आशंकामा कपिलवस्तु आईआइसुलेशन वार्डमा उपचाररत गोबर्धन भरको मृत्यु पछि उनका परिवारलाई काजकृया स्वरुप गाउँपालिकाले २० हजार आर्थिक सहयोग प्रदान गरेको छ । मृत्यक परिवारको आर्थिक अवस्था दयनीय रहेकोेले उक्त रकम दिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिएका छन् । यस्तै विजयनगर गाउंपालिका वडा नं। २ का ३० वर्षीय गोवर्धनको भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमवार राती मृत्यु भयो । उनको स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको अस्पतालले जनाएको छ ।
विजयनगरमा समाजिक सुरक्षा भत्ता तथा राहत वितरण
