तुलसी राम पौडेल
सियारी ,चैत्र २७
बिश्व व्यापी महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड (१९ को सक्रमण तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर छाक टार्न मुस्किल अति विपन्न घर परिवारलाई राहत वितरण गर्नको लागि सियारी गाउपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा विहिवार सम्म नगद र जिन्सी गरि जम्मा सैतिस लाख चौहत्तर हजार चार सय छत्तीस रुपैया संकलन भएको गाउपालिकाका लेखा अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
राहत संकलन कार्यक्रममा अन्तरगत स्वयं गाउपालिकाले विपद व्यवस्थापन कोषमा जम्मा गर्नको लागि २५ लाख रुपैया रकम विनियोजन गरेको थियोे । गाउपालिका अन्तरगतका जनप्रतिनिधिहरुको तर्फबाट दुई लाख सतासी हजार पाच सय रुपैया विपद कोषमा जम्मा भएको छ।त्यसै गरि गाउँ पालिका तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको तर्फबाट पाच लाख एक तीस हजार नौ सय छत्तीस रुपैया जम्मा भएको छ।
त्यसै गरि अर्घाखाँची सिमेन्ट प्रालिबाट दुई लाख रुपैया , रिजाल कन्ट्रक्सनबाट पचास हजार रुपैया ,जन उत्थान बचत तथा ॠण सहकारीबाट पचास हजार रुपैया ,साधु बहुउद्देश्यीय सहकारी सस्थाबाट पचास हजार रुपैया , लुम्बिनी इट्टा व्याबसायी संघ बाट तीस हजार रुपैया ,शुद्दोधन (३ सखुवानी निवासी अजय अधिकारी बाट पचिस हजार रुपैयाँ ,एन आइसी बैंक बाट पचास हजार बराबरको खाद्यान्न सहयोग भएको लेखा अधिकृत पौडेलले जानकारी दिनुभयो।
सियारिको विपद ब्यबस्थापन कोषमा ३७ लाख भन्दा बढी रकम संकलन
