सुनिल आचार्य
कपिलबस्तु चैत्र २७
कपिलवस्तुको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह अहिले प्रत्येक अत्ति बिपन्न परिवारको घरमा पुगी राहत वितरणका लागिपरेका छन् । नगरका नागरिकलाई खाद्यन्न पु¥याउनु आफनो दायित्व हो भन्दै नगर प्रमुख शाह अहिले अहोरात्र गरिबको सेवाको लागि खटिरहेका छन् ।
राहत वितरण कार्य सुरु भएपछी नगर प्रमुख आफै खटिरहदा नगरपालिकाका अत्ती बिपन्न परिवारहरु खुसी भएका छन । कोरोना संक्रमणबाट बच्नका लागि नेपाल सरकारद्धारा जारी लकडाउनको चपेटामा परेका कृष्णनगर नगरपालिकाको गरिब विपन्न नागरिकहरुलाई राहत वितरण कार्य सुरु गरिएको छ ।
नगर प्रमुख रजत प्रताप शाहले आफनो नगरवासीहरुको लागि राहत प्याकेट निर्माण गरी केन्द्रको निर्देशन अनुसार वितरण कार्य गरेको बताए । नगरको १२ वटा वडाका ४ हजार घरपरिवारलाई राहत वितरण कार्य भैरहेको नगर प्रमुख शाहले बताए ।
नगरले विपत राहत कोषको ७२ लाखबाट रकमबाट खाद्यन्न सामाग्री खरिद गरि राहत वितरण गरेको बताए । एक घर परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी , २ लिटर खाने तेल, २ किलो नुन र हात धुनका लागि साबुन समेत प्रदान गरिएको नगरपालिकाले जानाएको छ ।
प्रत्येक वडाबाट आएको नामावली अनुसार वस्ताविक गरिब तथा ज्यालादारी गरी दैनिकी चलाउने पारिवारलाई मात्र राहत वितरण कार्य गरिएको नगरपालिकाले बताएको छ ।
अति बिपन्न परिवारका घरघरमा पुगेर राहत बितरण
