पेष्टाको आयोजनामा खेलकुद महोत्सव तथा रनिङ शिल्ड प्रतियोगिता सुरु

मेचीकाली संवाददाता

५ फाल्गुन २०८०, शनिबार
116 shares


तुलसीराम पौडेल —
फर्साटिकर, फाल्गुन ४

निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)को आयोजनामा १४ औं खेलकुद महोत्सव तथा रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ।
तिलोत्तमा अङ्ग्रेजी माध्यमिक विद्यालय शुद्धोधन ४ फर्साटिकरमा भलिबल रनिङ शिल्ड,महिला शिक्षक डबल ब्याटमिन्टन ,टेवल टेनिस तथा हण्डीफोर प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रमको शुद्धोधन गाउँपालिका प्रवक्ता तथा वडा न.४ का अध्यक्ष केशब प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै अधिकारीले समयसमयमा पेष्टाले विभिन्न प्रतियोगितात्मक कार्यक्रमले विद्यालयहरुबिच भाइचारा आत्मीयता बढाउने बताउनुभयो । कार्यक्रम आयोजना गरेकोमा पेष्टालाई सराहनीय काम गरेको बताउनुभयो।

पेष्टा अध्यक्ष इन्द्रबहादुर क्षेत्रीले निजि विद्यालयको हकहितका लागि सस्था स्थापना भएको भन्दै निजि विद्यालयहरुलाइ एकीकृत गर्दै शैक्षिक गुणस्तरसङ्गै विभिन्न्न प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
शुक्रबारदेखि शुरु भएको कार्यक्रम शनिबार समापन हुने छ।
शिक्षक भलिबल रनिङ शिल्ड प्रतियोगिता प्रथम हुने विद्यालयले नगद १५ हजार सिल्ड,मेडल र प्रमाणपत्र , द्वितिय हुने टिमले नगद १० हजार सिल्ड मेडल, प्रमाणपत्र र तेस्रो हुने टिमले नगद ५ हजार सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक कमल श्रेष्ठले जानकारी दिनुभयो ।महिला शिक्षक डबल ब्याटमिन्टन प्रतियोगितातर्फ प्रथम हुने टिमले ५ हजार, द्वितिय हुने टिमले ३ हजार र तेस्रो हुने टिमले नगद २ हजार सिल्ड मेडल र प्राप्त गर्नेछ विद्यार्थीहरुको टेवल टेनिस प्रतियोगिता तर्फ प्रथमले १ हजार ५ सय, द्वितियले १ हजार र तृतीयले ५ सय यसैगरी हण्डीफोर प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद १ हजार प्राप्त गर्ने खेल संयोजक श्रेष्ठले बताउनुभयो ।
पेस्टा अध्यक्ष इन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, शुद्दोधन गाउँपालिका प्रबक्ता एवं वडा नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीको प्रमुख आतिथ्यता,पेस्टा वरिष्ठ उपाध्यक्ष चिन्तामणी खरेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन पेस्टा सचीव राजन पौडेलले गर्नुभएको थियोे ।