न्यू होराइजनद्वारा विशेषज्ञता हासिल गरेका डक्टरहरूलाई सम्मान

मेचीकाली संवाददाता

६ फाल्गुन २०८०, आईतवार
1164 shares

बुटवल । न्यू होराइजन मावि, बुटवलले विद्यालयमा अध्ययन गरी मेडिकल क्षेत्रमा बिशेषज्ञता हाँसिल गरेका डाक्टरहरुलाई आइतबार सम्मान गरेको छ ।

४४ जना बुटवल क्षेत्रमा कार्यरत एमडी डाक्टरमध्ये ३३ जना र गत वर्षको एसईईमा उत्तीर्ण भई एमविविएस, विएस्सी नर्सिङमा नाम निकाल्न सफल गरी करिब ५० जनालाई सम्मान गरेको हो । उनीहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले डक्टरहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री श्रेष्ठले होराइजन राष्ट्रयको गौरव रहेको बताउँदै यसले शिक्षाको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए । अबको सम्माननित चिकित्सक जस्तै अब उत्पादन हुने होराइजनका विद्यार्थीहरुले देशमै केही गरेर देखाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले डक्टरहरुलाई जस्तै व्यवस्थापनबाट उत्कृष्टलाई फेरि सम्मान गरिने बताए । उपाध्यायले विद्यालयका पूर्व विद्यार्थी तथा डक्टरहरुलाई एकताबद्ध भएर सेवाभावले फरक ढंगले सेवा दिन आग्रह आग्रह समेत गरे ।

विद्यालयकी पूर्व विद्यार्थी तथा डा.बिनिता भट्टराई आफूहरु अहिलेको अवस्थामा पुग्न शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताइन् । संस्थाका सञ्चालक निर्मल लाकौलको अध्यक्षता तथा प्लस टु संयोजक प्रकाश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । होराइजन राष्ट्रकै एउटा महत्वपूर्ण शैक्षिक संस्था बनेको छ ।