पेस्टाको रनिङशिल्ड प्रतियोगिताको उपाधी ज्ञानपुन्जलाई

मेचीकाली संवाददाता

६ फाल्गुन २०८०, आईतवार
245 shares


तुलसीराम पौडेल —
फर्साटिकर, फाल्गुन ६

निजि अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)को आयोजनामा संचालित १४ औं खेलकुद महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता शनिबार सम्पन्न भयो।

सम्पन्न रनिङ शिल्ड प्रतियोगिताको उपाधी ज्ञानपुञ्ज विद्या मन्दीरले हात पार्न सफल भएको छ।
भलिबल प्रतियोगिता अन्तरगत ज्ञानपुञ्ज विद्या मन्दीर प्रथम हुँदै नगद १५ हजार शिल्ड,मेडल र प्रमाणपत्र,तिलोत्तमा अङ्ग्रेजी मावी द्वितिय हुँदै १० हजार शिल्ड मेडल र प्रमाणपत्र र भुजौली अङ्ग्रेजी माध्यमिक विद्यालय तृतीय हुँदै ५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।
सम्पन्न खेलमा तिलोत्तमा अङ्ग्रेजी माविका निरुता खड्का राइजिङ प्लेयर, ज्ञानपुञ्ज विद्या मन्दिरका भुमिराज जिसि बेस्ट डिफेन्डर र शाश्वत सिंह बेस्ट स्पाइकर भएका छन।

महिला शिक्षक ब्याटमिन्टन अन्तरगत रोजबर्ड एकेडेमी प्रथम ५ हजार ,फर्साटिकर सिद्धार्थ इङ्लिस स्कुल द्वितीय हुँदै ३ हजार र सिद्धिबिनायक बोर्डिङ स्कुल, शुद्धोधन इङ्लिस बोर्डिङ तृतीय हुँदै २ हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेका छन।विद्यार्थीहरुको टेवल टेनिसतर्फ देवसिद्ध वोर्डिङ स्कुल प्रथम हुँदै नगद १ हजार ५ सय , लिटिल फ्लावर्स अङ्ग्रेजी मावी द्वितीय हुँदै १ हजार र तृतीय संस्कार बोर्डिङ तृतीय हुँदै ५ सय मेड्ल र प्रमाणपत्र प्राप्त गरेका छन।
कार्यक्रमममा पेष्टाले लामो समय सम्म शैक्षिक संस्थामा कार्यरत शिक्षकहरुलाइ दिर्घसेवी शिक्षकको रुपमा सम्मान छ ।पुरस्कार तथा सम्मान पेष्टा अध्यक्ष इन्द्र क्षेत्री,शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,पालिका प्रवक्ता तथा वडा न.४ का अध्यक्ष केशब प्रसाद अधिकारी लगायतले संयुक्त रुपमा प्रदान गर्नुभयो ।
पेस्टाका अध्यक्ष इन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता, पेस्टाका वरिष्ठ उपाध्यक्ष चिन्तामणी खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा रेप्साका उपाध्यक्ष रामकृष्ण खनाल ,तिलोत्तमा अङ्ग्रेजी माविका प्राचार्य बिष्णु प्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।कार्यक्रमको संचालन पेस्टा सचिव राजन पौडेलले गर्नुभएको थियोे ।