बुटवल बैशाख २,
बैंक अफ काठमाण्डू लिमिटेडले ५ नं प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा ५ लाख रुपैया सहयोग गरेको छ ।
कोरोना भाईरस नियन्त्रण रोकथाम तथा उपचारको लागी संघिय तथा प्रदेश सरकारलाई सहयोग गर्ने उदेश्य बमोजिम प्रदेश ५ सरकारलाई बैकले सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले उक्त रकम प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई बैकका प्रदेश ५ का प्रमुख चिरञ्जीवी बिष्टले हस्तान्तरण गर्नु भएको थियो । बैकले यस अगाडी पनि बिभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै आईरहेको छ ।
संकटको समयमा बैकले प्रत्येक दिन देशभरका बिभिन्न शाखाहरु बाट अत्याबस्यक बैकिङ्ग सेवा उपलब्ध गराएको बैकले जनाएको छ । देशमा दैबिक प्रकोप र संकटको समयमा बैकले जनताको घरदैलामा समेत सामाजिक सेवा गर्दै आएको बैकले जनाएको छ ।
प्रदेश सरकाकारको कोरोना कोषमा बैंक अफ काठमाण्डू लिमिटेड द्धारा ५ लाख सहयोग ।
