तुलसी राम पौडेल
गुल्मी,बैशाख २ बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड(१९ को सक्रमणको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर छाक टार्न मुस्किल भएका अति बिपन्न घरपरिवारको लागि गुल्मीको रेसुङ्गा नगरपालिकाले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले नगरपालिका भित्रका १४९१ घरधुरीका ५६६३ जना लाभग्राहीलाई १९९८० केजि चामल ,१६५९ केजि दाल ,८५७ लिटर खानेतेल ,१४९१ केजी नुन वितरण गरेको हो। राहत वितरण कार्यक्रम अन्तरगत एक जना सदस्य मात्र भएको परिवारलाई ५ केजी चामल , आधा किलो दाल,आधा लिटर खाने तेल,१ केजि नुन वितरण गरिएको थियो । २ देखि ३ सदस्य मात्र रहेको परिवारलाई १० केजी चामल ,१ केजी दाल ,१ लिटर खाने तेल,१केजि नुन वितरण गरिएको थियोे ।४ देखि ५ सदस्य मात्र भएको घरपरिवारलाई १५ केजि चामल ,१ केजि दाल,१ लिटर खाने तेल,१ केजि नुन वितरण गरिएको थियोे ।त्यसै गरि ५ सदस्य देखि बढी सदस्य भएको घरपरिवारलाई २० केजी चामल, १ केजि दाल, १ लिटर तेल, १ केजि नुन वितरण गरिएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रम अन्तरगत छनौट भएका अति विपन्न घरधुरीहरु अन्तरगत नगरपालिकाको वडा नम्बर १ मा ५९ घरधुरीका २०७ जना लाभग्राही , वाड नम्बर २ मा १०३ घरधुरीका ४१० जना लाभग्राही,वाड नम्बर ३ मा १०९ घर धुरिका ३९२ जना लाभग्राही ,वाड नम्बर ४ मा १०२ घरधुरिका ४६८ जना लाभग्राही ,वाड नम्बर ५ मा ९३ घरधुरिका ३९७ जना लाभग्राही ,वाड नम्बर ६ मा १३८ घर धुरिका ५२१ जना लाभग्राही,वाड नम्बर ७ मा ७६ घरधुरीका २८२ जना लाभग्राही,वाड नम्बर ८ मा १५९ घरधुरीका ५५१ जना लाभग्राही,वाड नम्बर ९ मा १११ घरधुरीका ४०४ जना लाभग्राही, वाड नम्बर १० मा १३८ घरधुरिका ४८२ जना लाभग्राही, वाड नम्बर ११ मा ७५ घरधुरिका २५२ जना लाभग्राही,वाड नम्बर १२ मा १३८ घर धुरिका ५९३ जना लाभग्राही वाड नम्बर १३ मा ६५ घरधुरीका २२१ जना लाभग्राही र वाड नम्बर १४ मा १२५ घरधुरीका ४२३ जना लाभग्राही राहत वितरण कार्यक्रमबाट लाभान्वित भएका प्रमुख प्रमुख प्रशासकिय अधिकृत मरासिनीले जानकारी दिनुभयो ।