पार्वती आचार्य
कपिलवस्तु, बैशाख २
विश्वव्यापी रुपमा रहेको कोरोना भाईरस अर्थात् कोभिड–१९ को डरले निजि अस्पतालहरुले उपचार गर्ने नमानि रहेको अवस्थामा कपिलवस्तु जेसिज बर्ष २०२० ले “घर घरमा डाक्टर अभियान ” चलाएको छ । अभियानको ११ औँ दिन आज सोमवार उत्तिकै सक्रियताका साथ काममा खटिएको देखियो । अभियानको ११ औँ दिन बाणगङ्गा नगरपालिका वडा नम्बर ६ का सुठौलि, भग्लापुर तथा अमौलि टोलका अति विपन्न बस्तिवस्तिमा पुगेर नागरिकहरुको तापक्रम जाँच तथा परामर्श सेवा दिएको कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिए । वडा नं। ६ का १ सय १९ घरका ३ सय बढिलाई चेकजाँच तथा परामर्श गरिएको उनले बताए । त्यस्तै अभियानका क्रममा सुठौलिका एक जना बच्चालाई भाईरल ज्वरो आएकोले परिवारसंग उपचार गर्ने खर्च नभएका कारण कपिलवस्तु सामसदायिक अस्पतालमा निःशुल्क उपचार गरिएको अध्यक्ष खत्रीले बताए । त्यस्तै उक्त अभियान वाणगंगा नगरपालिकामा अन्तिम चरणमा पुगेको भन्दै अब कपिलवस्तु नगरपालिका वडा नंं।१० र ११ मा सञ्चालन गरिने सचिव प्रविन पौडेलले बताए ।
कपिलवस्तु जेसिजको “घर घरमा डाक्टर अभियान” वाणगंगा ६ मा सञ्चालन
