तुलसी राम पौडेल
बुटवल ,बैशाख ३
विश्वव्यापी महामारीको रुपैया फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड (१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर छाक टार्न मुस्किल भएका अति विपन्न परिवारलाई रुपन्देही स्थित रोहिणी गाउपालिकाले गाउपालिका अन्तरगतका छनौट भएका अति विपन्न १४२० घरधुरिलाइ राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। गाउपालिकाले गाउपालिका अन्तरगतका अति विपन्न १४२० घरपरिवारको लागि १४२०० केजि चामल ,१४२० केजि दाल ,१४२० लिटर खानेतेल ,७१०० केजी आटा ५६८० केजी आलु,१४२० केजि प्याज ,१४२० केजि नुन ,५६८ केजि सोयाबिन वितरण गरिएको गाउपालिका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो ।
राहत वितरण कार्यक्रम अन्तरगत अति विपन्न रुपमा छनौट भएका प्रत्येक घर परिवारलाइ १० केजि चामल ,५ केजि आटा, १ केजि दाल ,१ केजि नुन ,१ लिटर खाने तेल,१ केजि प्याज ,४ केजि आलु ,४०० ग्राम सोयाबिन वितरण गरिएको गाउपालिका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताउनु भयो
गाउपालिका वडा नम्बर १ मा २०५ घर धुरी,वडा नम्बर २ मा २१० घर धुरी, वडा नम्बर ३ मा २०० घरधुरी ,वडा नम्बर ४ मा २०० घरधुरी वडा नम्बर ५ मा २०५ घर धुरी ,वडा नम्बर ६ मा २०० घर धुरी ,वडा नम्बर ७ मा २०० घर धुरी राहत कार्यक्रमबाट लाभान्वित भएको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिनु भयो।