पार्वती आचार्य
कपिलवस्तु वैशख ४
सरकारले बढी मानिसहरुको आवाज जावत हुने स्थलहरु मध्ये धार्मिक स्थलहरुको अनुगमन तथा निगरानी बढाउन थालेको छ । धार्मिक स्थलहरुमा समुहगत लुकि छिपी बस्नेहुदा कोरोनाको सक्रमणको जोखिम बढने भन्दै देशैभरका सार्वजनिक स्थल ,मन्दिर मस्जित , गुम्वा र चर्चहरुको अनुमन गर्न शुरु गर्न थालेको हो । यस्तै खुला सिमानाका कारण भारतवाट लुकि छिपि रातीको समयमा नेपाल छिर्ने गरेको पाइएपछि सिमा क्षेत्रलाई कडाई सगै सिल गरिएकोे प्रमुख जिल्ला अधिकारीे दिर्घ नारायण पौडेलले बताए ।
कोरोना संक्रमितको सख्या दिन दिनै बढन थालेको र कोरोना तेश्रो चरणमा प्रबेश गरेको प्रती नेपाल सरकारले थप सर्तकता अपनाउन बैशाख १५ गते सम्मका काली लकडाउन लम्बीएको छ । यो समयमा संक्रमितको खोजि र परिक्षणलाई तिब्रता दिन गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको निर्देशनका आधारमा स्थानिय प्रशासनले जिल्ला भरका सार्वजनिक धार्मिक स्थलको एकै साथ अनुगमन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका प्रमुख दिर्घनारायण पौडेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका एसपी दिप शंसेर जबरा , शशस्त्र प्रहरी कार्यालयका एसपी जनक पुरी सहितको टोलीले कपिलबस्तु नपाको तौलिहवा , पचेहरा , महिता र मायाँदेबी गापाको डुमरा लगाएतका स्थानहरुमा रहेका बिभिन्न धार्मिक स्थलहरु जस्तै मस्जीद , चर्च र मन्दिरहरुको अनुगमन गरिएको प्रजिअ पौडेलले बताए । कपिलवस्तु जिल्लामा १ सय ९४ मदरसा, १ सय ५ मन्दिर, १९ चर्च र ५ गुम्बा लगायतका सामुहिक भेला तथा जम्मा हुने सार्वजनिकस्थल रहेको स्थानिय प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला स्थित सुरक्षा प्रमुखको टोलीले जिल्ला भित्र कोरोना संक्रमणबाट बच्नका लागी बढि भिडभाड हुने धार्मिक सार्वजनिकस्थलको अनुगमन गर्नुका साथै मातहतका निकायलाई अनुगमन गर्न निर्देशन भएको शसस्त्र प्रहरी कार्यालयका एसपी जनक पुरीले बताए । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि कपिलबस्तुको सिमाक्षेत्रमा शशस्त्र प्रहरीले कडाई गरेको छ । सिमाक्षेत्र निगरानीका लागि जिल्लामा १ हजार ४ सय ५० जना शशस्त्र प्रहरीलाई खटाईएको छ ।
भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थ नगर र बस्ती जिल्ला संग ९३ किलो मिटर क्षेत्रफलमा कपिलबस्तु जिल्ला जोडिएको छ । मूल नाकाहरुलाई कडाई गरिनुका साथै अस्थायी नाकाहरुलाई समेत कडाई गरि टिनको छाप्रो लगाई अस्थायी पोष्टहरु निर्माण गरिएको शशस्त्र प्रहरी बल २८ गण नम्बर कपिलबस्तुका एसपी जनक पुरीले बताए । ५० बढी अस्थायी पोष्ट निर्माण गरि ६५ भन्दा बढी स्थानमा निगरानी बढाईएको एसपी पुरीले बताए ।
कपिलबस्तु जिल्लामा वैशाख ४ गते सम्मको अवस्था सामान्य रहेको छ हाल सम्म कोही कोरोना भाईरसका संक्रमित भेटिएका छैनन । जिल्लाको १० स्थानियतहमा १ हजार १२ क्वारेनटाईन बेडको क्षमता रहेको छ । जिल्लामा ८ वटा आईसुलेशन बेड छन् । आईसुलेसन वार्डमा कोही पनि बिरामी छैनन् । हाल सम्म ९ सय ८ जना बिरामीको जाँच गरिएको छ । बुधबार साँझ सम्म ४ सय ८३ जना बिरामीको आरडीटी जाँच भई घर फर्किएका छन् । स्वास्थ्यकर्मीहरुको सिफारिसमा डिस्चार्ज गरि घर पठाईएको छ । भने २ सय १९ जना क्वारेनटाईनमा रहेका छन् जस मध्ये ८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका सुचना अधिकारी मनोज कुमार सैनीले जानाकारी दिए । जिल्लाको अवस्था सामान्य रहेको छ हाल सम्म ४ सय ८४ जना बिरामीको आरडीटी जाँच भएकोमा । सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र प्रसाद भगतले जनाकारी दिए ।