तुलसी राम पौडेल
बुटवल ,बैशाख ४
बिश्वव्यापी महामारी रूपमा फैलिरहेको नोबेल भाइरस कोभिड (१९ को सक्रमणको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लक डाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर छाक टार्न मुस्किल हुने अति विपन्न घर परिवारलाई गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्रका अती विपन्न २०९७ घरधुरीलाई राहत वितरण गरेको छ।अति बिपन्न घर परिवारको रूपमा छनौट भएका नगरपालिका अन्तरगतका २०९७ घर धुरिलाई ५४८२५ केजी चामल ,४१९४ केजि दाल ,२०९७ लिटर खाने तेल,२०९७ केजि नुन ,४१९४ वटा साबुन वितरण गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो।
राहत कार्यक्रम अन्तरगत विपन्न प्रत्येक घरपरिवारलाई २५ केजि चामल ,२ केजि दाल ,१ लिटर खानेतेल ,१ केजि नुन ,२ वटा साबुन वितरण गरिएको नगरपालिका स्वास्थ शाखा प्रमुख डिबि जिसिले जानकारी दिनु भयो।
राहत वितरण कार्यक्रम अन्तरगत नगर पालिका वडा नम्बर १ मा ३२४ घरधुरी ,वाड नम्बर २ मा १४१ घरधुरी ,वाड नम्बर ३ मा २७० घरधुरी ,वाड नम्बर ४ मा २९२ घर धुरी, वाड नम्बर ५ मा २१८ घर धुरी ,
वाड नम्बर ६ मा २१३ घरधुरी ,वाड नम्बर ७ मा २१४ घरधुरी ,वाड नम्बर ८ मा २५४ घर धुरी र वाड नम्बर ९ मा १७१ घर धुरिका परिवार राहत कार्यक्रमबाट लाभान्वित भएको नगरपालिकाका सुचना प्रविधि अधिकृत समुद्र विक्रम रायमाझीले जानकारी दिनुभयो।
मुसिकोट नगरपालिकामा अति विपन्नलाई राहत
