बुटवल, बैशाख ४
बिश्वब्यापी महामारी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण बाट रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन बाट प्रभावित अलपत्र पैदल हिडिरहेका कैलालीका मजदुरहरुलाइ सियारी गाउपालिकाले घर जानको लागि व्यवस्थापन गरेको छ।
रातीको समयमा रुपन्देहीको कोटिहवा ,भैरहवामा काम गर्ने मजदुरहरु कैलाली पुग्ने भनी अलपत्र रूपमा तामनगर बेथरी सडक खन्डको सियारी ७ पश्चिम् अमवामा हिडिरहेका २२ जना निर्माण मजदुरहरुलाइ शस्त्र बल पश्चिम् अमवाले भेटेपछि व्यवस्थापनको लागि पश्चिम् अमवा स्थित जनता माविको क्वारेन्टाइनमा लगेका थिए ।
सियारी वाड नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारी ,स्थानीय तबरेज खान खान लगायतबाट मजदुरहरुको खानपिनको वयवस्था मिलाइएको थियो। कैलाली जिल्लाको जोशिपुर गाउपालिका ,भजनी नगरपालिकाका गरि १४ पुरुष ८ महिलालाई स्वास्थ परिक्षण गरि घर पठाउने तयारीमा वाड नम्बर ७ र गाउपालिकाले पहल गरेको थियोे । रुपन्देहीबाट सिधै कैलाली पुर्याउने वयवस्था गार्हो हुने हुनाले यहाबाट कपिलवस्तु जान मात्र मिल्ने र कपिलवस्तु बाट दाङ हुँदै समन्वय गर्दै कैलाली जानू पर्ने हुनाले कपिलवस्तु सग समन्वय गरि कपिलवस्तु पुर्याउनको लागि यातायातको व्यवस्था गरिएको सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो।
मजदुरहरुको व्यवस्थापन गरि पठाउने कार्य गाउपालिका अध्यक्ष अयोध्या थारु ,उपाध्यक्ष अमृता गुरुङ ,सियारी ७ का वडा अध्यक्ष सरोज अधिकारी, सशस्त्र प्रहरीबल नेपाल सुुुरक्षा बेसक्याम्प पश्चिम् अमवाका इनचार्ज दिपेेेन्द्र पौडेल, जनता माविका व्यवस्थापन समिती अध्यक्ष झपेन्द्रराज अर्याल ,समाजसेवी अबिराम विक ,स्थानीय बासी लगायत्को रोहवरमा गरिएको थियो ।